शिवम् सिमेन्टले कारवाही खबर रोक्न विज्ञापनको वर्षा : राजस्व छलीमा छानविन

- January 14, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । झुटो र लोभलाग्दो विज्ञापन र सरकारी कर्मचारी र नेतालाई लाखौ रुपैयाँ घुष दिएर बजारमा ल्याएको अधिकाशं सिमेन्ट कम्पनीका सञ्चालकहरुले पछिल्लो समयमा कर समेत छलि गरेको खुलेको छ ।  देशको झण्डा फर्फराउदै विज्ञापन बनाउने र चाँदीको वर्षा गराउने भन्दै विज्ञापन दिने शिवम सिमेन्टले करोडौ रुपैयाँ कर नबुझाएको खुलासा भएको छ ।
शिवम् सिमेन्टका सुरेन्द्र गोयलकै योजनामा विभिन्न दलका नेता र सरकारी कर्मचारीलाई लाखौ रुपैयाँ दिएर गुणस्तहिन सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । सुरेन्द्र गोयल सिमेन्टको नाममा ढुंगाको धुलो मिसाए सिमेन्ट बेच्दै आएको छ । सिमेन्ट बिक्री भएन, शिवम सिमेन्टले बनाएका केही घरहरु चर्किए, ढलान नै खसेपछि पछिल्लो समयमा सो सिमेन्ट गुणस्तहिन रहेको खुलेको छ । त्यसपछि घूस खुवाएर क्वालिटीको प्रमाणपत्र लिएको सो कम्पनीले चाँदीको वर्षा गराएर कलंक धुने प्रयास गरिरहेको छ ।
सिमेन्टको गुणस्तर र तौलमा पनि कमी भएको आरोपमा पक्राउ परेपछि नापतौल तथा गुणस्तर विभागले कारवाही गर्नलाग्दा भित्रभित्र मिलाई सामान्य कारबाही गरेको नाटक समेत सरकारी निकायले गरेको छ । सो कारवाहीको खबरलाई ढाकछोप गर्नकैलागि रातारात विज्ञापन तयार गरि मिडिया हाउसमा दिएको थियो । २५ लाख रुपैयाँभन्दा बढीको सो विज्ञापन मिडिया हाउसलाई विज्ञापन दिएको थियो । सो विज्ञापन खर्च उठाउन समेत सो कम्पनीले कर छली गरेर विज्ञापन रकम समेत संकलन गरेको छ । शिवम सिमेन्टले अहिले अर्काे विज्ञापन ‘नो कम्प्रोमाइज’ को नाम दिएर उपभोक्तालाई ठगी गर्दै आएको छ । आफूमाथि लागेको आरापोलाई छोप्न र आत्म प्रशंसा गराउन विज्ञापनबाट कालाकर्तुत छोप्न लागेको छ ।
शिवम सिमेन्ट राजस्व छलीमा यस अधिनै परेको थियो । ब्याच नम्बर नभएको कति बोरा सिमेन्ट बेचियो, यो ठूलै काण्डका रुपमा राजस्व र गुणस्तरमा मुद्दा चलिरहेको छ तर सो मुद्दालाई निस्कृय बनाउन अहिले दल र उच्च पदस्थ कर्मचारीको सहयोगमा भित्रभित्रै काम भई रहेको आरोप समेत स्रोतले लगाएको छ । सिमेन्टको अनुगमनमा शिवम, आरएमसी सिमेन्ट सिमरा, कलश ब्राण्ड, बुटवल सिमेन्ट, रिलायन्स सिमेन्ट, मारुती सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे सिमेन्ट र अग्नि सिमेन्ट गुणस्तरहीन प्रमाणित भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!