September 19, 2024, 1:14 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि

साउन २७, २०८१ मा प्रकाशित | १८०दर्शक तीव्रखबर

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको नाफामा आकर्षक वृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४७४.३८ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ४७४.३८ प्रतिशतले बढेर ६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १७ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । असार मसान्तसम्ममा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू ७ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा वित्तीय सम्पत्तीको फेयर भ्याल्यू २१ करोड रुपैयाँ ऋणात्मक थियो । नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७६ पैसाले बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ छ ।

प्रतिक्रिया