काठमाडौं । एनआरएन कान्साइले जनवरी १ तारिकमा गर्न लागेको सांस्कृतिक कार्यक्रममा भाग लिन नेपाली कलाकारको एक समुह जापानतर्फ लागेको छ । नयाँ वर्ष पारेर आयोजना हुन लागेको सो कार्यक्रममा कोमल ओली, ज्योति काफ्ले (नक्कली बाबुराम), राजु परियार, जयकुमार परियारलगायत एक समुह जापानतर्फ शुक्रबार प्रस्थान गरेको हास्यकलाकार काफ्लेले बताएका छन् । उनीहरुसंगै स्थानीय कलाकारहरुले कान्साइ बासीलाई मनोरन्जन दिने कार्याक्रम तय गरेको समेत उनले जनाएका छन् ।
बागलुंग स्थित धौलागिरि अंचलकै एक मात्र अञ्चल अस्पातलको लागि छिटो छरितो र बैज्ञानिक प्रबिधिबाट बिरामी जाँच गर्नको लागि पूर्णतया अटोमेटेड अनलाइज़र मेसिन र स्वास्थ्य सामग्रीको सहयोगार्थ साथमा भुकम्प प्रभावित क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले जनवरी १ तारिक गर्न लागेको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकाले सो कार्यक्रममा जान लागेको कलाकार काफ्लेले बताए । स्थानीय कलाकारका साथमा सांगीतिक धमाका २०१७ ओसाका उमेदास्थित हिल्टन होटेलमा कार्याक्रम हुने भएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!