December 23, 2024, 12:03 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह

साउन २३, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौँ, : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर मात्र फर्काउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरेर आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई त्यतिकै फर्काउन नहुने बताउनुभयो ।

उहाँले केही अस्पतालले आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई आर्थिक अभावका कारणले उपचार नगरेपछि उपचार गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले ती अस्पतालको आकस्मिक कक्षमा उपचार नभए मात्र अन्यत्र पठाउन आग्रह गर्नुभयो ।

“आकस्मिक कक्षमा उपचार गर्न आइपुग्ने बिरामीलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अस्पतालमा सो अस्पतालसँगको सहकार्यमा समन्वयमा प्रेषण गर्न गराउनु अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो ।

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका उल्लेख गर्दै आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख गरिएको छ ।

जनस्वास्थ्य ऐन २०७५ ले आकस्मिक स्वास्थ्य सेवालाई आकस्मिक घटना वा आपत्कालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकताअनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।

प्रतिक्रिया