मोबाईल फोन ईम्पोर्टस् एसोशिएसन गठनःअध्यक्षमा दीपक मलहोत्रा

- December 4, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मोबाईल फोन आयात गर्ने समुदायको छाता संगठन मोबाईल फोन ईम्पोर्टस् एसोशिएसन गठन गरिएको छ । यो कम्पनी रजिष्टर कार्यालय र समाज सेवा परिषदमा बिधिवत रुपमा दर्ता भै आफ्नो कार्य सुचारु गर्न गहिरहेको आइतबार एक पत्रकार सम्मेलन गरि सो सस्थाका्े विधिबत रुपमा सार्वजनिक गरिएको हो । मोबाइल फोनको प्रयोग आज नेपाली समाजमा सर्बत्र रहेको छ । नेपालमा ३ करोड १ लाख १९ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको सो सस्थाका अध्यक्ष दीपक मलहोत्राले बताए । उनका अनुसार कुल जनसंख्याको १ सय १३ प्रतिशत रहेको जनाए ।

मोबाइल फोन हाम्रो जीवन सैलीमा कति जोडी सकेको छ भनेर सन् २००० सम्म जनसंख्याको लगभग २५ प्रतिशततको मात्र संचार मध्यममा पहुँच रहेको थियो भने १५ बर्ष भित्र यो सय प्रतिशत भै सकेको यसले संचार र मोबाइल फोनको आवश्यकता र यसको देश विकास संगको अन्तरता तथा समाजलाई सुसुचित र प्रगतिशील बनाउने भूमिकाको उदाहरण प्रष्ट भएको समेत अध्यक्ष मलहोत्राले बताए । यस क्षेत्रको बिस्तार संगै चुनौतीहरु पनि सिर्जना हुदै गए पछि ब्यापारिक चुनौती समेत रहेको भन्दै आफै समाधान गर्न सक्षम भए पनि देशको शान्ति र सुरक्षामा समेत चुनौती उठेको बताए ।

mobile 031

संघको तदर्थ समिति :  अध्यक्षमा :     दीपक मल्होत्रा
उपाध्यक्षमा :  सञ्जय अग्रवाल
महासचिवमा : अमित अग्रवाल
कोषाध्यक्षमा : रमेशवहादुर श्रेष्ठ

अध्यक्ष मलहोत्रालृ ब्यबसायमा संग्लग्न साथिहरुलाई यस्ता चुनौतीहरु प्रति सम्बेदनशील भै, अनुगमन गर्ने निकायहरुसंग मिलेर सामना गर्नुपर्ने जनाए । यस मोबाइल फोन इम्पोर्टस् एसोसिएशन गठन पछि यस क्षेत्रलाई मर्यादित र जिम्मेवर बनाउने र बजारमा नक्कली तथा अबैध आयात रोक्न संबन्धित निकायलाई ध्यानाकर्षण गर्ने यस संघको प्रमुख उदेश्य रहेको बताए । हाल देशभर ४ हजार जति साना ब्यापारी र उनका परिवार यस मोबाइल फोन क्षेत्रमा आश्रित रहेको दाबी उनको रहेको छ । ्
यस संगठनका सदेश्य फर्महरुमा प्रत्यक्ष ३ हजार २ सय जना जति युवा युवतीहरुले रोजगार प्राप्त गरिरहेको दाबी समेत अध्यक्ष मलहोत्राको रहेको छ । जस् मध्य ४० प्रतिशत (भन्दा बढी महिला छन् रहेका छन् । संधै विदेशमा रोजगारीको अवसर मात्र खोज्नु भन्दा देशभित्र नै पाउनुमा कति आमा बुबाहरु खुशी रहने यस्ता थप अवसरहरु स्वदेश भित्र नै सृजना गर्नु यस संघको अर्को उदेश्य रहेको उनले बताए । यस संघका उदेश्य देशको अर्थतन्त्रलाई सार्थक सहयोग पुराउनु पनि रहेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७२र७३ मा यस संघका स्वदेशबाट मुल्य अभिबृद्धिक कर (भ्याट) बापत लगभग १ करोड ६५ लाख, संस्थागत आयकर बापत २० करोड र अन्य अप्रत्यक्ष करहरु बाट गरि २ अर्ब रुपौयाँ बराबरको राजस्व राज्यलाई बुझाएको समेत दाबी अध्यक्ष मलहोत्राको दाबी रहेको छ । यस वर्ष सो रकममा २० देखि २५ प्रतिशतको बृद्धिहुने अनुमान सो संघको रहेको छ । यस क्षेत्रलाई पारदर्शी बनाई देशको आर्थिक तथा सामाजिक प्रगतिमा सक्दो योगदान पुराउने छ भन्ने प्रति यस संघ बिश्वस्त रहेको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!