गौर । बालबिवाहको क्षेत्रमा वकालत पैरबी गर्ने एक गैर सरकारी संस्थाको अध्यक्षले नै बालबिवाह गरेका छन् । रौतहट जिल्लामा ख्याती कमाएका ग्रामिण विकास केन्द्र नेपाल लौकाहाका अध्यक्ष पारस हुसैनले बालबिवाह गरेका छन् ।
हुसैनले आफ्नो १६ बर्षिय छोरीको यहि मंसिर ०४ गते बिहे गरेका छन् । बालबिवाह कानुनी अपराध रहेको तथा बालबिवाहको रोकथामको लागि करोडौं लगानी गर्ने युनिसेफ नेपालका कर्मचारी समेत सो बिबाहमा संलग्न भई खाम भित्र पैसा राखी गिफ्ट दिएका थिए ।
बालबिवाहलाई बढावा दिनेमा युनिसेफ नेपालका कर्मचारीहरु, विश्व शिक्षाका कर्मचारीहरु, अक्सफामका कर्मचारीहरु तथा खानेपानीका क्षेत्रमा कार्यरत अन्र्तराष्ट्रिय गैससका प्रतिनिधिहरु रहेका थिए । हुसैन जस्तैका कारण रौतहटमा बालबिवाहको रोकथामको लागि करोडौं लगानि भएपनि बालुवामा पानी हालेको जस्तै सो रकम खेर भएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!