November 23, 2024, 12:20 pm
» रविले सहकारी ठगी गरेको प्रष्टै देखिन्छ : एमाले नेता पोखरेल » विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित » प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या » मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह » नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मच्छेगाउँमा दुई दिन लाखे नाच महोत्सव हुने

साउन २२, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

काठमाडौं । यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे नाच प्रदर्शनी बारे सोमबार थानकोटमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख अथित्यतामा आयोजीत कार्यक्रममा उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू,जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभगत श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ,बलराम थापा लगायतले संयुक्त रुपमा लाखे नाच महोत्सवको ब्यानर सार्वजनीक गरे ।योसँगै महोत्सवको औपचारिक प्रशारप्रसार सुरु भएको बताइएको छ । मेयर गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै स्थानमा देख्न,हेर्न पाइनुका साथै यसले सस्कृति जगर्नेमा समेत ठूलो टेवा पुर्याएको धारणा राखे । उनले युवा पुस्तामा पनि आफ्नो संस्कृति,परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताए ।

आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएको स्मरण गर्दै यसपाली ४५ जिल्लाबाट सहभागीता हुने दावी गरे ।  यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक संस्थाले बताएको छ ।

प्रतिक्रिया