September 19, 2024, 1:15 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल

भदौ ३०, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं- नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो।

रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन्।

संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा महासचिव, ज्ञानमणि न्यौपाने सचिव र तेजबहादुर खड्का कोषाध्यक्ष चयन भएका छन्।

सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन भएका छन्।

लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन्।

बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले वार्षिक बजेट र प्रतिवेदन पनि पारित गरेको थियो।

प्रतिक्रिया