-चिसाङ्ग शेर्पा
खोटाङ्ग । कर्मचारी मिलन केन्द्र खोटाङ्गले निशुल्क उपलब्ध गराएको जग्गामा दिवासेवा भजन गृह निर्माणका लागी खोटाङ्गका जेष्ठ नागरिकहरु ज्यानको प्रवाह नगरी घरदैलो चन्दा संकलनमा लागेका छन् ।
सदरमुकामस्थित जिल्ला हुलाक कार्यलयमाथी रहेको कर्म मन्दिर छेउमा भजनगृह निर्माणका लागी घामपानी, धुलोधुवा तथा बुढो ज्यानको प्रवाह नगरी भवन निर्माणका लागी घरैपिच्छे स्वेच्छिक चन्द संकलन गर्नुपरेको जेष्ठ नागरिक संघ खोटाङ्गका उपाध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । ‘जेष्ठ नागरिकले पाउनुपर्ने सेवा सुबिधाहरु ०६७ चैत्र २४ गते राज्यले पैmसला गरेपनी जिल्लामा जेष्ठ नागरिकप्रती सम्बन्धीत पक्षले बेवास्ता गर्दा बुढाबुढीहरु तातो घाम तथा धुलोमा घर–घर डुल्नु परेको उहाँले बताउनुभयो’ ।
भजन गृह निर्माणका लागी सम्बन्धित निकायले सिमीत मात्र सहयोग गरेकाले स्वास्थ्य,सुरक्षा विना सदरमुकामभित्र सहयोग माग्नुपरेको संघले जनाएको छ । राज्यले जेष्ठ नागरिकका निती नियम लागु गरेपनी खोटाङ्गमा महिला विकास कार्यलयले गाविसमा गई गाँउगाँउमा जेष्ठ नागरीक परिचयपत्र बितरण नगर्दा जिल्लाका ६० बर्षमाथीका जेष्ठ नागरिकहरुको तथ्याङ्क संकलन गर्न सकिएको छैन । जिल्लामा बस ब्यावसायीहरुले लामो तथा छोटो दुरीमा जेष्ठ नागरीकलाई पनी अन्य सरह भाडा लिने गरेको छ । यधपी, ६० बर्षदेखी माथीका बृद्घबृद्घाहरुले पचास प्रतिशत छुट पाउने राज्यले निती बनाए पनी खोटाङ्गमा अझै लागु भएको छैन ।
सबै तहवाट कष्ट खेपीरहेका जिल्लाका जेष्ठ नागरिकहरु विदाका दिनवाहेक सुभम फाउण्डेशनले बनाईदिएको टहरामा घामपानी नभनी जिवन ब्यतित गरिरहेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!