महासंघको बरिष्ठ उपाध्यक्षकालागि देश दौडाहा सूरु

- October 17, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको कार्तिक ४ गते हुन लागेको विशेष साधारण सभामा भावी ‘अध्यक्ष’ को टुङ्गो लगाउने भएको छ । महासंघमा पछिल्ला अधिबेशनमा खुलेर राजनीतिक दलको दवावमा उम्मेदवारी खडा गर्न थालेपछि सो कार्यालाई रोक्नलाई बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने तयारी गरेसंगै एक समुह सो कार्यालाई रोक्ने योजनामा समेत रहेको बुझीन आएको छ ।

विशेष साधारण सभाबाट महासंघको इतिहासमा पहिलो पल्ट बरिष्ठ उपाध्यक्षलाई स्वतः ‘अध्यक्ष’ बनाउने विधान संशोधन गरिनेछ । महासंघको विधान २०४९ मा संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउन लागिएको हो । महासंघका अध्यक्ष पशुपति मुरारकाले संस्था बलियो बनाउन बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरी विधान संशोधनको प्रस्ताव गरिएको जनाए ।

महासंघको सो विधान संशोधन भएमा बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुने छिन् । महासंघका निर्वतमान अध्यक्ष सुरज वैद्य विधान संशोधन अहिले गरिने तर कार्यान्वयन अर्को कार्यकालबाटमात्र लागू गरिने पक्षमा लविङ गरेको स्रोतले जनाएको छ । बैंद्यले भवानी राणालाई अध्यक्ष बन्नबाट रोक्न र भाष्करराज राजकर्णिकारलाई जसरी पनि एक पटक अध्यक्ष बनाउने तयारी गरेका कारण अर्को कार्यकालबाट मात्र सो संसोधित विधान लागू गर्नु पर्ने पक्षमा रहेको स्रोतको दाबी रहेको छ । पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले विधान संशोधन भएपछि तत्कालै कार्यान्वयनमा आउने र महासंघलाई राजनीतिबाट मुक्त गर्ने अभियानले सो विधान संसोधन गरेको बताए ।

महासंघभित्रको चरम राजनीति र गुटवन्दीलाई अन्त्य गर्न सामूहिक प्रतिवद्धता जाहेर सबै पूर्वअध्यक्षले गरेको श्रेष्ठले बताएका छन् । महासंघको विधान संशोधनपछि अध्यक्षको पावरमा पुग्न बरिष्ठ उपाध्यक्षमा भने चर्को राजनीति हुने पक्कापक्कि भएको छ । विधान ससोधन नहुदै बरिष्ठ उपाध्यक्ष बन्नकालागि अहिलनै शेखर गोल्छा, दिनेश श्रेष्ठ र किशोर प्रधान देश दौडाहामा लागि सकेका छन् । उनीहरु एशोसिएट, बस्तुगत र जिल्लाका उपाध्यक्षलाई मिलाउने कसरतमा खर्च सुरु गरेको एक जिल्ला अध्यक्षले बताएका छन् । बिहिवार हुने विशेष साधारण सभापछि महासंघको निर्वाचनको माहोलले औपचारिकता समेत पाउने भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!