September 19, 2024, 4:38 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

‘थ्री इडियट्स’ खिचिएको ठाउँमा ‘जेरी अन टप’ छायांकन हुँदै

साउन १७, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं । चर्चित बलिउड फिल्महरु ‘थ्री इडियट्स’ र ‘जब तक हे जान’ छायांकन भएको थलो भारतको लद्दाखमा नेपाली फिल्म ‘जेरी अनटप’ छायांकन हुने भएको छ ।

लद्दाखमा लोकेसनको खोजी गरेर निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ र अभिनेता अनमोल केसी केही दिनअघि काठमाडौं फर्किएका छन् । लद्दाख क्षेत्रको लेहमा यो फिल्मको केही दृश्य र गीतको छायांकन हुनेछ ।

‘हामी उक्त क्षेत्रको स्वीकृत लिएर फर्किएका छौं । फिल्मको महत्वपूर्ण दृश्य र गीत त्यहाँ खिचिनेछ जहाँ यसअघि थ्री इडियट्स र जब तक हे जानको सुटिङ भएको थियो’ न्यौपानेले भने ।

केही दिनअघि अनमोलले पनि लद्दाखमा लोकेसन खोजीको तस्वीर सेयर गरेका थिए । रोड ड्रामा जनरामा बनाउन लागिएको यो फिल्म यसअघि मुस्ताङमा खिचिने भनिएको थियो ।

तर, कथालाई चाहिनेजस्तो मुस्ताङमा सडक पहुँच नभएको र मेडिकल पक्षलाई ख्याल गर्दा लोकेसनको रुपमा लद्दाखलाई छनोट गरिएको जनाइएको छ । ‘यसरी नेपालमा छायांकन गर्दा महंगो पर्ने देखियो’ निर्माता न्यौपानेले भने ।

भदौ ३ गतेदेखि ‘जेरी अनटप’को छायांकन हुँदैछ । सुरुमा काठमाडौं र अन्त्यतिर लद्दाख छायांकनको तालिका निर्धारण छ । ५५ दिनको छायांकन तालिका राखिएको फिल्मको प्रदर्शन सन् २०२५ को फेब्रुअरी १४ मा हुनेछ । फिल्ममा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा र सशांक बोहराको अभिनय हुनेछ ।

अनन्या फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माणमा न्यौपानेसहित दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सहकार्य गर्नेछन् ।

 

प्रतिक्रिया