माछापुच्छ्रे बैंकको नवनिर्मित कार्यालय भवन उद्घाटन

- April 16, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । माछापुच्छ्रे बैंक लि. ले रुपन्देहीजिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ ।

आज मंगलबारक आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लि. का अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर  ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंक लि. ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताउनुभयो ।

साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!