मेलम्ची नगरपालिका र दिर्घायु गुरु अस्पतालको सहयोगमा निशुल्क औषधी वितरण

- April 9, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका र दिर्घायु गुरु अस्पतालको सहयोगमा मेलम्चीमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सो शिविरमा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ र नगर प्रमुख आइतमान तामाङको स्वास्थ्य परिक्षण गरि शिविरको सुरु गरिएको बताइएको छ । सांसद तामाङले यस भेगमा स्त्री रोगका बिरामीहरु धेरै भएकाले उनीहरुको उपचारमा सहजता प्रदान गर्न आग्रह गरे ।

सांसद तामाङले स्थानीय तहले सिफारिस गरेका बिरामी हरुको उपचारमा आगामी दिनमा सिफारिस अनुसार सहयोग गर्न आग्रह गर्दै सेवा लिनका लागी उपस्थित बिरामी हरुलाई नडराइ र नलजाइ आफ्नो समस्या राख्नका लागी सुझाब दिए । नगर प्रमुख आइतमान तामाङले शिविरका लागि आउएका दिर्घायु अस्पतालका डाक्टरहरुलाई स्वागत गर्दै मेलम्ची नगरपालिकाले यस अघिपनि विभिन्न वडा,गाउँ,टोलमा गएर शिविर गरेको स्मरण गरे ।

उनले मेलम्ची नगरपालिका र दिर्घायु अस्पताल बिच नयाँ सम्बन्ध स्थापना भएकोमा खुशी व्यक्त गर्दै निम्नस्तरका बिरामी हरुको उपचारमा अस्पतालले सहयोग गर्छ भन्नेमा आफु बिश्वस्त रहेको बताए । नगरवासिको स्वास्थ्य स्वस्थ बनाउने दायित्व नगरपालिकाको भएकाले त्यहीँ अनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागी आफु निरन्तर लागिरहेको बताउए ।

मेयर तामाङले यहाँका नागरिकलाई सेवा दिनका लागी काठमाडौ देखी आउनुभएका डाक्टर हरुलाई स्वागत र धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । दिर्घायु गुरु हस्पिटलका अध्यक्ष तथा प्रोफेसर डाक्टर स्वयं प्रकाश पण्डितले अस्पतालले दिने गरेका सेवाका बारेमा जानकारी गराउदै मेलम्ची नगरपालिका संग समन्वय गरेर काम गर्न पाएकोमा खुशी लागेको बताए । जुनसुकै अवस्थामा पनि विरामिको ज्यान जोगाउनका लागी अस्पताल सधैं तयार भन्दै डाक्टर उप्रेतीले सहज रुपमा धेरैलाई सेवा पुर्याउने उदेश्यले काम गरिरहेको जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!