चलचित्र ‘डम्बरे’ को छायाँकन शुरु

- April 5, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने चलचित्र ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु चलचित्रको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए  । निर्देशक सुब्बाले चलचित्रको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ ।

चलचित्रमा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकार बिक्रम डिसी हुन् ।

विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको चलचित्र झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ । चलचित्रको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । चलचित्रमा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् ।फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!