एक करोडको कारोबार गर्दै पुष्पमेला सम्पन्न

- April 1, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । नर्सरी व्यवसायी संघ नेपालले नेपालमा पहिलो पटक आयोजना गरेको ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८०’ (राष्ट्रिय बागवानी प्रदर्शनी मेला) मा एक करोडभन्दा बढी रुपैयाँको कारोवार गरि सम्पन्न भएको छ । गत चैत्र १६ गते शुक्रबारबाट शुरु भएको सो मेला सोमबार नर्सरी फूल बिरुवाको बिक्री बितरणबाट एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोवार भएको संघले जनाएको छ ।

काठमाडौँस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा गरीएको चार दिने मेलामा ५० हजार जनाले अवलोकन गरेको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले बताए । मेलामा रहेको उत्साहजनक सहभागिताले नर्सरी ब्यवसायीहरुलाई प्रोत्साहन गरेको अध्यक्ष तिमिल्सेनालेको भनाई रहेको छ ।

देशैभरीका नर्सरी ब्यवसायीहरुको हितको लागि संगठन बिस्तार गरेर निरन्तर यस्ता खालको मेला गरीरहने संघको योजना रहेको अध्यक्ष तिमिल्सेनाले बताए । फलफूल बिरुवा पारखीहरु र उपभोक्ताले नर्सरी ब्यवसायीहरु संग सजिलै जोडीने अवसर मिल्ने हुनाले मेला प्रभावकारी भएको मेला संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले बताए ।

कृर्षिसंग सम्बन्धीत पठनपाठनको लागि बिद्यार्थीहरुको परामर्शको लागि समेत महत्वपुर्ण थलो बन्यो एक्सपो कुवरले भने धेरै बिद्यार्थीहरु परामर्श लिनकै लागि भ्रमण गर्न आए । मोलमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी र जडिबुटी नर्सरी गरी चार विधाका ७ सयभन्दा बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको थियो ।

मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी सबै सामाग्रीहरु एकै ठाउमा रहेकाले अवलोकनकर्ताहरु लाभान्वित भएको संघले जनाएको छ । बिदेश बाट आयातित फूलबिरुवालाई प्रतिस्थापन गर्ने उदेश्यले स्थापना भएको नर्सरी व्यावसायी संघले होर्टीकल्चर एक्स्पो २०८० मा नेपाली किसानहरुले उत्पादन गरेको फूलबिरुवाहरुलाई प्रदर्शनमा जोड दिएको संघका सल्लाहकार कुमार कसजु श्रेष्ठले बताए ।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित सुरु गरीएको एक्सपो नर्सरी क्षेत्रको एकीकृत विकासको रुपमा लिएको संघले अब तिहार लक्षित एक्सपो गर्ने बताएको छ । सात महिना अघि स्थापना भएको नर्सरी व्यवसायी सघमा हाल १२६ भन्दा बढी सदस्यहरू रहेका छन् ।

भृकुटीमण्डपमा जारी होर्टिकल्चर एक्स्पोमा उपभोक्ताकाे राेजाईमा फुल 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!