भृकुटीमण्डपमा जारी होर्टिकल्चर एक्स्पोमा उपभोक्ताकाे राेजाईमा फुल 

- April 1, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । फुल र फुलजन्य बस्तुको उपभोक्ताकालागि जानकारी दिनेलगायत आबश्यक प्लान्ट एकै स्थानबाट खरिद गर्न पनि सहज होस भन्ने उदेश्य भृकुटीमण्डपमा जारी  होर्टिकल्चर एक्स्पो (राष्ट्रिय बागवानी प्रदर्शनी मेला) मा नर्सरी, जडीबुटी तथा फूल पारखीहरूको भिड लागेको छ ।

शनिबार १५ हजारले अवलोकन गरेको सो मेलामा आईतबार पनि उत्तिकै भीड रहेको  पुष्प व्यवसायी कुमार कसजु श्रेष्ठले बताएका छन । मेलामा शनिबार करिब ३५ लाखबराबरको कारोबार भएको नर्सरी व्यवसायी संघले जनाएको छ । फूल फुल्ने र नफुल्ने सदाबहार, इन्डोरो प्लान्ट सबैभन्दा बढी ग्राहकको रोजाइमा परेको एक्स्पोमा स्टल राखेका नर्सरी व्यवसायीले बताएका छन् ।

Nursary Expo (2).jpg

जडीबुटीदेखि फूल, बिरुवा कृषिवनका सबै भेराइटीका प्लान्ट एकै ठाउँमा पाइने भएकाले मेला खोजी–खोजी आएको अवलोकनकर्ताको भनाइ छ । आकर्षक फूलहरूको सजावटका कारण फोटो–भिडियो, सेल्फी लिनेहरूको उत्तिकै भिड लागेको छ । नर्सरी व्यवसायमार्फत आय र रोजगार सिर्जना गर्न र व्यवसायीलाई प्रोत्साहन गर्न मेलाले महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष रामजीप्रसाद तिमल्सिनाले बताए ।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार भन्ने नारासहित सुरु भएको प्रदर्शनीलाई नर्सरी क्षेत्रको एकीकृत मेलाको रुपमा लिएको बताइएको छ । सोमबार (आज) सम्म चल्ने उक्त मेलामा ५० हजार जनाले अवलोकन गर्दै आएको दाबी आयोजकको रहेको छ ।

मेलामा ७४ वटा व्यावसायिक स्टल, २ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पार्धाका लागि ५ वटा स्टल रहेका छन् । प्रदर्शनीमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी र जडिबुटी नर्सरी गरी चार विधाका ७ सयभन्दा बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ । मेलामा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी प्रदर्शनी रहनेछ भने कुल ९० कक्ष रहेका छन्।

अवलोकनकर्ताहरूले मेला उत्कृष्ट र आकर्षक रहेको बताएको आयोजकको दाबी रहेको छ । जडिबुटीको बिरुवा, फूल फुल्ने र नफूल्ने सदावहार, इन्डोर प्लान्ट सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको आयोजकले जनाएको छ । जडिबुटीदेखि फूलको बिरुवा कृषि थता वनका सबै भेराइटीका प्लान्टहरू एकै ठाउँमा पाइने भएकोले मेलाबारे चासो लिएर अवलोकनकर्ताहरू आएको कसजुले बताएका छन् ।

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने विश्वास रहेको नर्सरी व्यवसायी सङ्घ, नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!