सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा सुरु : अध्यक्षमा त्रिपक्षिय भिडन्त

- March 22, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाह्रविसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन शुक्रबारदेखि बाह्रविसेमा सुरु भएको छ । ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुने भएकाले यस अबिधेशनलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

सो संघको नेतृत्व लिन अहिले ३ जना चुनाबी मैदानमा उत्रेका छन् । तीन जना अध्यक्षका प्रत्याशीले आ–आफ्नो जीत सुनिश्चित भएको बताए पनि युवा उद्यमीको साथ र प्रत्यक्ष रुपमा पार्टी राजनीतिमा देखा नपरेकाले अध्यक्ष पदका उम्मेदबार सुमन खत्रीको स्थिति मजबुत रहेको सभामा सहभागी उद्योगी व्यवसायीहरुले बताएका छन् ।

अहिले राजनीतिक जोड घटाउका हिसाबले सर्वदलिय तथा सर्वपक्षिय उम्मेदवारका रूपमा खत्रीलाई मतदाताले लिएकैले उनको स्थिति मजबुत मानिएको बताइएको छ । उता, अर्का अध्यक्षका उम्मेदवार शम्भु तिमलसिनाले आफु नेपाली काँग्रेस बाह्रविसे नगर समितिको सभापति भएकाले मतदाताले आफूलाई रुचाएको दाबी गरेका छन् ।

यसैगरी, अर्का अध्यक्षका उम्मेदबार बुद्धराज बस्नेतले पनि वाणिज्य संघको अध्यक्ष दिनकै लागी माओबादी केन्द्रबाट काँग्रेस प्रवेश गराईएकाले आफ्नो स्थिति मजबुत रहेको दाबी गरेका छन् । काँग्रेस भएपनि तुलनात्मक रूपमा कम राजनीति र ज्यादा युवा उद्यमी तथा व्यवसायीको जगमा काम गर्ने ऐजेण्डा अगाडी सारेकैले समग्रको रोजाईमा भने खत्री नै परेको व्यवसायी सदस्यहरुको भनाई रहेको छ ।

साँसद मोहन बस्नेतको रजाँई : संघसंस्थादेखि मन्त्रीसम्ममा आफ्नैलाई सिफारिस

अध्यक्षका प्रत्याशी खत्री प्रशासनिक रूपमा पनि माथिल्लो तहसम्मको पहुँच राख्न सक्ने व्यवसायीका रुपमा लिइदै आएको छ । संघको अध्यक्षमा त्रिपक्षिय भिडन्त देखिएपनि मुलतः दुईपक्षिय बीच चुनावी प्रतिस्पर्धा हुने निश्चित रहेको छ । खत्रीले पूर्वअध्यक्ष तथा अग्रज व्यवसायी लगाएतको समर्थनमा आफु अगाडी बढेको मात्र नभै अध्यक्षका प्रत्याशीहरुको समर्थन तथा पूर्वअध्यक्षहरुको साथबाट आफूले जिल्लामा काम गर्न चाहेको बताएर व्यवसायीको मन जीतेका छन् ।

अध्यक्षका प्रत्याशी खत्रीले कोही प्रति पूर्वाग्रह नराखी काम गर्ने क्षमता देखाएकैले जिल्लाको सर्वदलीय राजनीतिक नेतृत्व तहसम्मबाट रुचाईको विश्लेषण जिल्लामा गरिदै आएको छ । त्यसो त अध्यक्षका प्रत्याशी तिमलसिना र बस्नेत पनि जिल्लामा चिनबाट सामान आयात गर्ने व्यापारीका रुपमा परिचित रहेका छन् ।

सिन्धु वाणिज्य संघको निर्वाचन रोचक मोडमा : एमाले, माओबादीले सकेन अध्यक्ष पदमा उम्मेदबार उठाउन

तर ऊनीहरु प्रत्यक्ष पार्टी राजनीतिमा पनि सकृय रहेकाले मतदाताले खत्रीलाई रोज्ने विश्लेषण मतदाताहरुले गरेका छन् । निर्वाचनको कार्यतालिका अनुसार नयाँ नेतृत्वकालागि चैत १० शनिबार निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । नयाँ नेतृत्व चयनको लागि जिल्लाभरबाट २ हजार ४ सय ८७ साधारण सदस्य र ७३ जना अजिवन सदस्सय मतदान प्रकृयामा भाग लिने छन् ।

अधिवेशनवाट पदाधिकारी तथा सदस्य गरि २७ जना निर्वाचन गरिने छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १ र १५ जना सदस्यको लागि निर्वाचन हुँदै छ । प्रथम उपाध्यक्ष, महासचिव, तृतिय उपाध्यक्ष, सचिव, सहकोषाध्यक्ष र महिला सदस्य २ जना निर्विरोध निर्वाचित भईसकेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!