सिन्धु वाणिज्य संघको निर्वाचन रोचक मोडमा : एमाले, माओबादीले सकेन अध्यक्ष पदमा उम्मेदबार उठाउन

- March 20, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाह्रविसे (सिन्धुपाल्चोक) यही चैत ९ र १० गते हुन लागेको व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औँ अधिवेशन तथा २८ औँ साधारणसभा नजिकिएसँगै निर्वाचन पनि रोचक मोडमा पुगेको छ । सो संघको नेतृत्व हत्याउनका लागि अहिले अस्वस्थ प्रतिस्पर्धा नै चलेको बताइएको छ ।

जहाँ संघको अध्यक्ष बन्नकालागि नेपाली काँग्रेस बाह्रविसे नगर समितिका सभापति दल परिवर्तन गरेर भए पनि जिति छाड्ने गरि भित्रभित्रै ‘लविङ’ मा लागेको आरोप लागेको छ । उता नेपाली काँग्रेस छोडी नेकपा माओबादी केन्द्र पुगेर पुनः नेपाली काँग्रेस फर्किएका बुद्धराज बस्नेत, उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य विष्णुबहादुर खत्रीका भाई सुमन खत्री र नेपाली काँग्रेस बाह्रविसे नगर समितिका सभापति तिमलसिना बीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ ।

संघको नयाँ नेतृत्व लिनकालागि अध्यक्षका प्रत्यासी बुद्धराज बस्नेतलाई हालका अध्यक्ष राजकुमार बस्नेतको समर्थन रहेको बताइए ता पनि उनी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य एकातिर हुन चाहेका छन, भने अर्कोतिरि उनी ‘क’ श्रेणीका ठेकेदार तथा क्षेमादेबीका सञ्चालक समेत रहेकाले एउटा व्यक्तीको पक्षमा लागेर विवादमा तानिदा आफ्नो व्यक्तित्वमा समेत असर पर्ने भएपछि उनी कसैको समर्थनमा नखुल्ने निष्कर्षमा पुगेको बताइएको छ ।

अर्का अध्यक्षका प्रत्यासी सुमन खत्री व्यवसायीक रुपमा क्यारिङ र आफ्नै ट्रेडमार्कबाट व्यापार गर्दै आएको र राजनीतिक तथा व्यवसायीक रुपमा कोही कसैप्रति कटाक्ष नगरि नितान्त चुनाब मात्र लड्न चाहेको उनी निकट व्यवसायीले बताएका छन् ।

उनले नेपाली काँग्रेस, एमाले, माओबादी केन्द्र तथा उद्यामी र व्ययवसायीको सर्मथन लिने प्रयत्न गरि रहेका छन् । उता तीनै वटा पार्टीको समर्थन प्राप्त नगरेका तिमलसिनाले एमाले तथा माओबादी केन्द्रसंग अलगअलग सम्बाद गरि पार्टीनै प्रबेश गर्ने बचनबद्धता दिदै समर्थन लिन प्रयत्न गरि रहेको बताइएको छ ।

संगै अध्यक्षका उमेदबार समेत उठाउन नसकेका एमाले तगा माओबादीका नेताहरु दशैको भेडाच्याङग्रा छाने झै अध्यक्षको उम्मेदबारको खोजीमा छनु । उता उद्योगी व्यवसायी भने उद्योग व्यवसायीहरुको हकहित र परेका समस्यालाई समधान गर्ने भन्दा पनि संघको नेतृत्व लिनकालागि व्यवसायीहरुबीच रस्साकस्सी नै चलेको बताउछन् ।

 संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुने कार्यक्रम तय भएको छ । अध्यक्षमा उम्मेदबारी दिएका ३ जना नेपाली काँग्रेस निकट व्यवसायी हुन ।

नेकपा एमाले तथा माओबादी केन्द्रको केन्द्रीय नेतृत्वले जिल्ला तहसंग आफु समर्थक व्यक्तीलाई अध्यक्षका रुपमा अगाडी सार्न किन नसकेको भन्दै आन्तरिक रुपमा स्पष्टीकरण समेत सोधेको स्रोतले तीब्रखबरलाई बताएको छ । उता जिल्लाका उद्यमी तथा व्यवसायी भने उद्योग वाणिज्य संघमा राजनीतिक दाउपेजका आधारमा भन्दा पनि उद्यामी व्यवसायीको हितमा लाग्ने उद्यमीलाई अध्यक्ष बनाउने मनस्थितीमा रहेका देखिन्छन् । जसकारण निर्वाचन सर्वसम्बत नहुने देखिएपछि व्यवसायीहरुको निर्वाचनले रोचक मोर्ड लिन गएको हो ।

४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष बिचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठको उम्मेदवारी परेकोमा दुवैजना निर्विरोध निर्वाचित भएका छन् । बाँकी ४० जनाको मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् ।

यसैबीच संघको निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्ष पदका लागि १ लाख ६० हजार, बरिस्ठ उपाध्यक्ष पदका लागि १ लाख १५ हजार, प्रथम उपाध्यक्षका लागि १ लाख १ हजार, द्वितीय उपाध्यक्षका लागि ९० हजार, तृतीय उपाध्यक्ष पदका लागि ८१ हजार, महासचिव पदका लागि ७५ हजार, सचिव पदका लागि ७० हजार, सह–कोषाध्यक्ष पदका लागि ६० हजार र सदस्य पदका लागि २० हजार शुल्क तोकिएको छ । संघमा २ हजार ४ सय ८७ साधारण सदस्य रहेका छन भने आजिवन सदस्य ७३ जना रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!