आफ्नै विद्यालयमा अभिनय प्रशिक्षणले विद्यार्थीहरु उत्साहित

- May 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । पछिल्लो समय नेपालका थुप्रै विद्यालयहरुमा विद्यार्थीहरुलाइ किताबी घोकन्ते विद्यामा मात्रै सिमित नराखी प्राबिधिक शिक्षा एबम अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिन थालिएको पाइएको छ। जसले गर्दा केही हदसम्म विद्यार्थीहरुमा भबिस्यको बाटो, लक्ष्य समेत निर्धारण हुन टेवा पुग्ने सम्भावना रहन्छ ।
अतिरिक्त क्रियाकलाप सिकाइ अन्तर्गत सुचना तथा संचार क्षेत्रमा लामो समयदेखि सक्रिय तीव्रखबर मिडिया ग्रुपले राजधानी काठमाडौको केही विद्यालयहरुमा एकहप्ते अभिनय प्रशिक्षण कक्षा संचालन गरिरहेको छ। अभिनयतर्फ रुचि राख्ने विद्यार्थीहरुलाइ, विद्यालयमै गएर एकहप्तासम्म प्रशिक्षण दिइरहेको प्रशिक्षक घनश्याम तिमल्सिनाले बताए ।
काठमाडौ जिल्लाका गेट वे एकेडेमी, त्रिकोण पब्लिक स्कुल, बालबाटिका स्कुल त्यसैगरी भक्तपुर जिल्लाको ओम सेकेण्डरी स्कुललगाएतले अभिनय कक्षा सन्चालन गरिरहेको समेत प्रशिक्षक तिमल्सिनाले जानकारी दिए । प्रत्येकदिन राष्ट्रिय कलाकार अतिथी प्रशिक्षकको रुपमा विद्यालयमा जाने गरेको उक्त प्रशिक्षणमा नायक शितल के.सी., कमेडिएन राजु भुजेल, कलाकारहरु सुरेन्द्र खड्का, सुरज श्रेष्ठ तथा लोकप्रिय कलाकार सुरबिर पण्डित दारिबाले समेत विद्यार्थीहरुलाइ प्रशिक्षण गराइरहेका छन।
दैनिक एक घण्टाको दरले एकहप्ता सम्म प्रशिक्षण गराइ, प्रमाणपत्रसमेत प्रदान गरि निर्माणको क्रममा रहेको शैक्षिक डकुमेन्ट्री फिल्म ‘विद्यार्थी’मा प्रशिक्षित विद्यार्थीहरुलाइ सहभागी गराउने उद्धेश्य रहेको प्रमुख प्रशिक्षक घनश्याम तिमल्सिनाले बताए ।
विद्यालयमै आएर अभिनय कक्षा प्रशिक्षणले गर्दा आफ्ना स्कुलका विद्यार्थी भाइबहिनीहरु निकै नै उत्साहित भएको गेट वे एकेडेमिका प्रधानाध्यापक आर. डि भट्टले बताए ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!