मोहन बस्नेतका कारण कांग्रेसभित्र चर्कियो किचलो : साउदलाई परराष्ट्रमन्त्री बनाएपछि विबादले लियो उग्र रुप

- April 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सवैलाई मिलाएर लैजान नसकेको र पार्टीभित्र देउवा बाहेक अन्यलाई दवाउन थालेको भन्दै सो दलभित्र आन्तरिक किचलोले उग्र रुप लिएको छ । पार्टी सभापति देउवा पत्नी आरजु राणाको साथ लिएर जसरी पनि स्वास्थ्यमन्त्री बनाउन मोहनबहादुर बस्नेतले अडान राखेपछि मन्त्री चयन गरि पठाउन अहिले काँग्रेस असफल बनेको छ ।

बस्नेतकै कारण अहिले शेखर कोईराला प्यानलबीच कुनै पनि सहमती हुन नसकेको एक केन्द्रीय सदस्यले बताएका छन् । ती सदस्यका अनुसार उता आरजुले बहिनी ज्वाई मोहन बस्नेतलाई कुनै पनि हालतमा मन्त्री बनाउनु नै पर्ने दवाव श्रीमान् शेरबहादुरलाई दिएपछि काँग्रेसभित्रको किचलो बाहिर आएको बताइएको छ ।

यसैबीच, काँग्रेसभित्र मन्त्रीको भागबण्डामा विवाद मिलाउन नसकिरहेको बेला सभापति देउवाले आफ्नै गुटका एनपी साउदलाई परराष्ट्रमन्त्री बनाएपछि झन विवादले उग्ररुप लिने अबस्था देखिएको सदस्यहरुले अनुमान लगाएका छन् । साउद कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हुन् ।

उनलाई आइतबार शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । भागबण्डामा ८ मन्त्रालय पाएको कांग्रेसले भागबण्डा मिलाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भागबण्डा मिलाउन एउटा मन्त्रालय थपिदिने आश्वासन दिएका छन् । यसअघि भागबण्डामा किचलो भएपछि चार जनालाई मात्रै मन्त्री बनाएको थियो ।

आन्तरिक विवाद नमिले पनि देउवाले उपचुनाव अगाडि नै साउदलाई मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री दाहालको संभावित भारत भ्रमणलाई लक्षित गरेर साउदलाई परराष्ट्रमन्त्री बनाउन लागिएको अडकल गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट