जनयुद्धका क्रममा निधन भएका ८ हजारको नामावली राजपत्रमा प्रकाशित (सूची सहित)

- March 18, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्व सरकारले १० वर्षे जनयुद्धका क्रममा निधन भएका भएका ८ हजार ३ सय ७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको जनाइएको छ ।

मन्त्रालयले ७५ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको छ । सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७ सय ५३ जना र दोस्रोमा रुकुमका ५ सय ८४ जना, तेस्रोमा कालिकोटका ४ सय ३३ जनाको निधन भएको उल्लेख गरेको छ । सबैभन्दा कम भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।

जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

 सहिदको सूचीमा कुन जिल्लामा कति ? सूची   शहीद घोषणा गरेको सूचना (६४)   यहाँ क्लिक गरेर हेर्नुहाेस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!