नेपालले पपुवा न्युगिनीलाई सहजै हरायो

- March 13, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको छ । आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा सो जीत हासिल गरेको हो । यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने यूएईसँगको खेल जितेमा नेपालले आउँदो जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेल्न पाउने छ । नेपाली बलर हावी भएपछि ९५ रनमा अल आउट भएको पीएनजीबाट पाएको लक्ष्य नेपाली ब्याटरले मात्र ४६ बल खेलेर पूरा गरे । ओपनर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा नट आउट ५३ रन बनाए ।

त्यस क्रममा उनले ८ चौका र ३ छक्का हाने । अर्का ओपनर कुशल भुर्तेलेका नट आउट रहने चाहना भने पीएनजीका बलरले पूरा हुन दिएनन् । नेपालको ५१ रन हुँदा कुशल व्यक्तिगत ३३ रनमा आउट भए । १४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्का हानेका थिए । कुशल आउट भएपछि ब्याटिङमा आएका कुशल मल्ल १२ रनमा नट आउट रहे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!