राजनीति, राष्ट्र र व्यवस्था

- March 10, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-गोरखबहादुर बी.सी.

नीधि शास्त्रको उच्चतम शास्त्र राजनीति हो । प्राचिनकालमा धर्मशास्त्रको आधारमा या धर्मसभाबाट चुनिएको व्यक्ति धर्मअधिकारीको रुपमा धर्मसभाबाट परिवर्तन भएर राजा, सामन्त या धर्मअधिकारी हुन्थ्यो । धर्मअधिकारी भनेकै राजनीतिक व्यक्ति हुन्थ्यो । मानव विकाससंग जोडिदै आउँदा प्राचिन मानव या आदि मानवको विकसित स्वरुपलाई हेर्दा कविला युगदेखि विस्तार हुँदै गणराज्य भएको कुरा तथ्यांकले देखाउँछ । गणराज्य कुल, गण, यी शब्द संस्कृतिबाट आएका हुन् । अंग्रेजीमा क्लिम जर्मनीमा सेप्ट शब्द उल्लेख गरिएका छन् । खासगरी क्लिम शब्दलाई गोत्रको रुपमा लिइएको छ । अंग्रेजीमा क्लिम शब्दले परिभाषित गरेको अर्थ एउटै परम्परागत संस्कारसंग जोडिएको देखाउँछ । यसमा धार्मिक, राजनीतिक, आर्थिक लगायत एउटै संरचनामा गर्छन् भनिएको छ । कुल, गण या क्लिम या गणमाताको अधिनमा रहन्थ्यो । त्यसबेला मातृसत्तात्मक समाज जस्तै थियो । त्यसकै विकासक्रममा कुटुम्ब भनेर विस्तार भएको पाइन्छ । गणसमाज आमाहरुको पहिचान थियो । त्यसको अर्थ दिदी र बहिनीहरु छुटिन थाले । गणमाता हुँदै गण समाज वा त्यस बेलाको राज्य बन्यो । गण समूदाय कविला समाजको विकास भएको देखाइएको छ । कविला शब्दको अर्थ विभिन्न लेखकहरुले विभिन्न अर्थ दिएका छन् । अब अंग्रेजीमा त्रिब्रे हिन्दीमा जन, जनजाती भन्ने पाइन्छ । संस्कृतिमा गण जाती उल्लेख गरेको पाइन्छ । मानव समाजको विकासमा कविला (गणसमाज) विकास हुँदै गोत्र, थर भएको पाइन्छ । कविला समाज, गण समाजको विकास हुँदै गण र कविला समाजको शुरु हुँदै जाती तर्फ विकास भएको पाइन्छ । गणको संख्या बढ्दै समूह विवाह, कुटुम्ब समूह निर्माण हुँदै एक आपसमा सहयोग आदान प्रदान गर्दै कविला समाज वा गण समाजको अन्तिम चरणमा पशु पालन खेती पाती आदी विभिन्न किसिमका धनुकाँड, जाल, बल्छी, पासा, धराप पारम्भिक कृषि औजारको विकास भएको पाइन्छ । यी समाजहरु घुमन्ते हुन्थे तर, विस्तारै विकसित हुँदै निश्चित क्षेत्र ओगटेर बस्न थाले र त्यहाँको भूभाग प्रकृति क्षेत्र आफ्नो हो भन्न थाले । यहानेर भन्नुपर्दा महिला (मातृसत्तात्मक) ले युद्ध गर्ने या आ–आफ्नो केटाकटीलाई बचाउने त्यो समयले युद्धमा लुटपाट, छोटो छाटो इलाका रक्षा गर्न महिलाले नसकेकोले पुरुषले नै अगाडी बढ्नु पर्ने अवस्था सृजना भएकोले पुरुष नै त्यो इलाका वा त्यो क्षेत्रको रक्षा गर्नु पर्ने भएकोले लडाईमा पुरुष युद्धकला र कौशल भएकोले विश्वमा मातृसत्तात्मक अवस्थाको अन्त्य भएको देखिन्छ । मानव जाती विकसित स्वरुपमा गणमाता अन्त्यपछि युद्ध नै युद्ध हुँदै जाँदा बुढाबुढी बालबच्चा मारेर जवान युवा युवतीलाई दास बनाउने चलनको सुरुवात भयो र त्यसलाई दास प्रथा भनिएको छ । त्यसपछि दास युगमा प्रवेश भएको इतिहास देखिन्छ । मैले दास युग सारंशमा पहिला नै लेखेको छु । यो विशेषतः रोम ग्रिस इटलीबाट शुरु हुँदै यूरोप, अमेरिकामा अफ्रिका महादेशबाट काला जातीलाई दास बनाएको इतिहास अहिले पनि जिउँदै छ । यसका लागि दक्षिण अफ्रिकाका जातीय रंगभेद आन्दोलनका अभियन्ता नेशनल मण्डेला शब्द साँक्षी छन् । यहाँनेर कविला, गण, जातको क्रममा गिलिलोभ (१९८२) यस्तै फ्रोलोभ (१९८८) एउटै भाषा, साझा भूभाग, साझा सम्पत्ति तर कविला गणसमाज भन्दा विकसित मानव समूदाय भन्नुपर्दा कविला गण समाज हुँदै जातीको कुरा आउँछ । जातीको उत्तपत्ति खासगरि दासयुगबाट शुरु भएको देखिन्छ । दास युग पछि सामन्तवादको युग शुरु भएको देखिन्छ । दास युग वा सामन्तवाद युगमा घरेलु उद्योग, व्यापार, सिल्पकला आदी विभिन्न कार्य शुरु भएको देखिन्छ । यहि शिलसिलामा मैले राष्ट्र, राज्य र व्यवस्थासंग जोड्न चाहेको हो । मर्सियर (१९५६)ले राष्ट्र जाती देशबारे नेशनल त्रिव्रे र इन्थिक्स शब्द एउटै हुन भनेका छन् । अब यसबारे अक्सफोर्ड डिक्सनरीमा (१९८५)का अनुसार राष्ट्रले अधिनस्थ गरेको भूभाग व्यक्ति जन्मिएको वा नागरिकता प्राप्त गरेको भूमिलाई देश वा भूमि जनाउँछ । त्यस्तै नेपाली शब्दकोषमा जनता, सरकार तथा सार्वभोमिकता भएको देश एकै देश, विविध भाषा, तर अर्थ व्यवस्था एउटै भएको जनाएको देखिन्छ । विशेषतः यहाँनेर केही कुरा दर्शाउन जरुरी छ । ईसापूर्व राष्ट्र शब्दको २५ सय वर्षदेखि १२ सय वर्ष विचमा ऋग्वेदमा लेखिएको प्रथम खण्ड सुक्त १०४ पेजमा र ईसापूर्व १ हजार वर्ष देखि ८ सय वर्षको बिचमा लेखिएको सुक्त २९ पेजमा अर्थवेदको प्रथम खण्डमा पनि राष्ट्र शब्दको उल्लेख गरिएको छ । यसैले के देखाउँछ भने आजभन्दा ५ हजार ५ सय वर्ष अघिपनि राष्ट्र शब्दको ऋग्वेदमा प्रयोग भएको राष्ट्र शब्द गण समाज मानव समूदायसंग जोडिएको तर वर्तमान राष्ट्र शब्द लाखौं, करोडौं, अरवौं जनसंख्या फैलिएको मानव समूदाय त्यसको एउटा भूभाग, आवश्यक क्षेत्र, वर्ग किलोमिटर, फिट स्तम्भहरु निश्चित भू–भाग, क्षेत्र ओगटेको जनाउँछ । यहाँनेर राष्ट्र र देश अलि फरक छ । देश भनेको राष्ट्रले नियन्त्रण गरेको हुन्छ । त्यसैले राष्ट्र भनेको जातिय, भाषिक सम्बन्धमा भन्दा अर्काे वृहत सम्बन्धले बाँधिएका (बहु सम्बन्ध) जनताहरुको सम्बन्ध हो । राज्य पनि राष्ट्र होइन, सरकारको रुूपमा संगठित भएको एउटा क्षेत्र सार्वभोम राजनीतिक संरचना राज्य हो ।
राष्ट्रले आम रुपमा साझा इतिहास, साझा भू–भाग आफ्नो संस्कृति, जनसंख्या भाषा, आदि सामाजिक जीवन साझा मनोवैज्ञानिक संरचना आदिलाई जनाउँछ । त्यसैले राज्य, राष्ट्र र देशमा अलि फरक पर्दछ । राष्ट्र र राज्य साझा हुँदैनन् । तर, देश साझा हुन्छ । हाम्रो देश बहुभाषिक बहु जातिय भएकाले यहाँ अहिले संघियता बनेको छ । तर, त्यसको स्वरुप र ढाँचा बनेको छैन् । यो विषयलाई अर्काे लेखमा प्रस्तुत गरौला ।
मैले पृथ्वी उत्पत्ति, मानव सभ्यता लगायत विषयमा पहिला नै प्रचारमा आइसकेको विषय हो । अब नेपाल भू–खण्डको निर्माण र जीव तथा मानव विकास बारे यहाँ छोटकरी दर्शाउछु । आज भन्दा करिव १२ करोड वर्ष अगाडि उत्तरको लुरेसिया र दक्षिणको गोडवानाल्याण्डको रुपमा बाडिएका जमिनमा दुई ओटा ठूला भुखण्डहरु ६ करोड वर्ष भन्दा अगाडी आएर ििवभिन्न द्रीपहरुमा बाँडिनु अगाडी नेपालको भूभाग टेनिस सागर सभ्यताको गर्भमा लुकेको थियो । यो शब्द भारतीय विद्धान महरीदत्तले उल्लेख गरेका छन् । उनको भनाई अनुसार दक्षिण एसिया महादिप मध्य जीवकल्पसम्म अफ्रिकी महादेशमा जोडिएको थियो । पृथ्वीमा आएको हलचल वा कम्पटले कतिपय भूभागमा पानी र कति भूभागमा पानी माथि आएर पहाड बन्ने टेनिस सागर भूभभाग उठ्न गई चुरे महाभारत, तिब्बत लगायत उच्च हिमाली पहाडी भएको पाइन्छ । त्यसैले भारतीय प्लेट ठोकिँदा उच्च हिमाली, चुरे तिब्बत माथी उठ्न गएको विद्धानहरुको कथन रहेको छ । मैले कयौं वैज्ञानिकहरुको यसबारे अध्ययन गर्दा यो ठिक मलाई लागेको छ र हो पनि । त्यसैले भूकम्पिय दृष्टकोणमा नेपाल उच्च जोखिममा छ । यहाँनेर नेपालको मनाङ, मुस्ताङ र डोल्पा आदि स्थानमा विभिन्न सामुन्द्रिक जीव र शलिकराम, बनस्पति पाइएको चिनियाँ विद्धान लिङजिङले लेखेका छन् । यहाँनेर सन् १९८० मा नेपाल अमेरिकन संयूक्त अभियानको दलले वुटवलको तिनाउ नदिमा दायाँ किनारामा रामाप्याथिक्स (राम नर वानर) दायाँ बङ्गारा भेटिएको र चुम्बकिय विधिबाट परिक्षण गर्दा एक करोड १० लाख वर्ष अघिको अनुमान गरिएको छ । त्यसैले नेपाल भूखण्डमा जीव उत्पत्ति विकासको २० औं करोड वर्ष भन्दा लामो अवधि देखिन्छ । ऐतिहासिक पृष्ठभूमि केलाउँदा सोभियत संघका वैज्ञानिक, पुरातात्विक विद्धान सेतेम्कोलेले नेपालका प्रायः सबै ठाउँ घुमेर बर्दियाको दानव तालमा ढुंगाका एकेधारे चर्पि, नवलपरासीमा ढुंगाका घन, छिनो, बन्चरो सबै ढुंगाका हतियार फेला परेको तथ्यांकले देखाएको छ । नेपालका प्रायः जसो क्षेत्रमा ढुंगाबाट बनेका अनेक थरिका हतियार बञ्चरो, ओखल आदि के के छन् के के छन् । करिव ५ लाख वर्ष पुरानो वैज्ञानिक अनुसन्धान तर अहिले धर्मको नाममा ति ढुंगाका हतियारहरु पुजा गरिन्छ । त्यसैले नेपाल मानव विकास र जननी देश हो भन्ने कुरा विश्वका वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । केवल हामी नेपालीमा अध्ययन र हामी के हौंं भन्ने कमी मात्र हो । माथिका ऐतिहासिक पृष्ठभूमि केलाउँदा हाम्रो देश नेपाल पृथ्वीले उच्चतम स्थान दिएको मानव उत्पत्तिको केन्द्रविन्दु मात्रै नभएर जीवहरु कै उत्पत्ति भएको विश्वका वैज्ञानिकहरुले खोज् गरिरहेका रहेछन् । तर वर्तमान परिवेशमा हाम्रा राज्य संचालकले गर्दा स्वर्गभूमि नर्क बनाएको रहेछ । ऐतिहासिक पृष्ठभूमि रहेको यो देश आज किन तल परेका छौं ? त्यसको दोष को हो ? अहिले त सानो बच्चाले पनि सुचना प्रविधिको विकासमा राम्रो विसयवस्तु पढ्न पाउछ । तर, मोवाइलमा मानिसलाई उर्जाशिल बनाउने कुनैपनि ज्ञानवद्ध नैतिकतावान चरित्रवान प्रवृद्धि प्रचार हुँदैनन् । तर, अपशब्द हसाउने र मनमष्तिक विगार्ने सामाजिक सञ्जाल पश्चिमाहरुले फैलाएको सामाजिक सञ्जाल भनौं या समाज विकागर्ने नेटवर्क भनौं यसले नेपाली समाजलाई विकारेको छ धेरैको घरपरिवार विगारेको छ । हामी नेपालीहरु संयुक्त पारिवारिक ढाँचाको समाजलाई छियाछिया पार्ने काम भएको छ । समाज विग्रिएको छ । यसलाई कन्ट्रोल गर्न राज्य लाग्नु जरुरी छ । जवसम्म राष्ट्र के हो देश के हो ? यो भूमिका कस्तो व्यवस्था ल्याउँदा नेपाली जनताको चौतर्फी विकास गर्न सकिन्छ भन्ने तर्फ यो देशका राजनीतिक नेतृत्व बौद्धिकवर्ग आम संचार माध्यमले गहन सहन सोचनिय विषय बनेको छ । अझ भावि मुलुकलाई अग्रगति दिने युवापिढीहरुले देश प्रति गम्भिर भएर सोच्न जरुरी छ । ऐतिहासिक पृष्ठभूमि भएको यो देशलाई जोगाउन आजैबाट सबै युवापुस्ताले लाग्नु जरुरी छ । निधि शास्त्रमा राजनीतिक उच्चतम शास्त्र हो राजनीति नै विग्रियो भने सबै संरचना ध्वस्त हुन्छ । राजनीतिकलाई सहि ढंगले सेवा मुलक रुपले हिड्नुपर्छ अनिमात्रै देशको समृद्धि, सुशासनको अग्रगतिमा देश जानसक्छ । तर, अहिले हाम्रो देशमा राजनीतिलाई व्यापारको रुपमा गैरहेको वर्तमान परिवेशमा यसलाई सच्याउन उपयुक्त छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया