तीव्रखबर (छिटो खबरको एउटै विकल्प)
- एन्टिना घनश्याम,काठमाडौ । बि.स २०५३ साल मङ्सिर २४ गते पाटन हस्पिटलमा जन्मियकी काठमाडौ नैकापकी रिना थापाको अभिनय र मोडलिङ मोह सानैदेखिको थियो। राजनैतिक पृष्ठभुमिमा जन्मियकी रिनाले सुरुवातमा पढाइलाइ पहिलो प्राथमिकता दिइन र ॐ हस्पिटलबाट नर्सिङमा बि एस्सि गरिन। सानैदेखि लगनशील र आत्मनिर्भर बन्न खोज्ने रिनाले केही बर्ष अगाडीदेखि काठमाडौ चाबहिलमा हिमालयन हेल्थ केयर एण्ड नर्सिङ एजेन्सिको स्थापना गरि स्वास्थमा होम केयरको कामलाइ तिब्रता दिन थालिन। सानै उमेरमा उनको यो अभियानप्रती बुवा श्याम कुमार मगर र आमा लिला मगर पनि दङ्ग रहेको बताउछन। सन 2018 मा मिस नर्सिङ प्रतियोगितामा टप टेन भयर डान्सिङ र एक्टिङ्म मा अबार्ड समेत जितेकी रिनाले केही रियालिटी शो तथा म्युजिक भिडियोहरुमा कोरियोग्राफी समेत गरेकी छिन। विभिन्न सामाजिक सस्था संग आबद्द रिनाले हेल्थ टेलिभिजनमा करिब एक बर्षको भिडियो जक्किको अनुभव समेत संङालेको बताउछिन। आगामी दिनमा आफ्नो पेसा,ब्यबसाय सङै मोडलिङ र अभिनय यात्रालाइ पनि अगाडि बढाउने सोछ राखेकी रिनाले भर्खरै मात्र निर्देसक घनश्याम तिमल्सिनाले निर्देसन गरेको आधुनिक म्युजिक भिडियो खुसी सबै तिमिलाइमा मोडलिङ गरेकी छिन,भने उनको यो भिडियो केही दिनमै सार्बजनिक हुने बताइयकोछ।आफुलाइ काठमाडौका मेयर बालेन शाह को हर्ट फ्यान बताउने रिना स्वतन्त्र राजनितीमा समेत सक्रिय छिन।
तीव्रखबर (छिटो खबरको एउटै विकल्प)
प्रतिक्रिया