पोर्चुगलमा नेपालीलाई काम र बस्ने ठाँउको अभाब : पार्क, सडकका पेटि बस स्ट्यान्डमा अलपत्र

- January 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोचुगल । पोर्तुगलमा काम र बस्ने ठाउँको अभाव हुन थालेको छ । बस्ने कोठा नपाएर पार्क, सडकका पेटि बस स्ट्यान्डहरु नेपालबाट गएकाहरु बस्न बाध्य भएका बताईको छ । अर्कोतिर काम गरेको ठाउँमा कन्ट्रयाक्ट नदिने गरेको दुखेशो समेत पोखेका छन् । अर्कोतर्फ पासपोर्टको म्याद सकिएसंगै म्याद थप गर्न समेत नपाएको बताइएको छ ।

पोर्तुगलमा नेपाली दुतावास नभएका कारण सो समस्या झेल्नु परेको पीडित नेपालीहरुले बताएका छन । नेपालीहरुले पासपोर्टको समय थप गर्न फ्रान्स जानू पर्छ । यहि कुरालाई मध्य नजर गरि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्नय परिषद पोर्तुगलले ‘समस्याको सुनुवाई समधानको खोजी’ नारा सहित समस्यामा परेका व्यक्तिहरुको समस्या द्रुतगतिमा समाधान गर्न र आवश्यक भए दुतावासको स्थापनाको लागि पनि नेपाल सरकारको सम्बन्धित निकाएमा ज्ञापन पत्र पत्र बुझाउने तयारी समेत गरेको छ ।

सो संघका अध्यक्ष सोमफुरी शेर्पाले बाणिज्यदुत मकर हमाल र एनआरएन संस्थापक अध्यक्ष पुर्ण हमाल र आदिबासी जनजती अध्यक्ष हेम गुरुङ्ग, सदस्य सदस्य धना शेर्पा सहित पोर्तुगलको सम्पुर्ण नेपाली समाजको अध्यक्षहरुको उपस्थितमा बृहत् रुपमा पोर्तुगलको राजधानी लिस्बोनमा भेला गरि सो ज्ञापन पत्र दिने निर्णय गरेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!