पाँचतारे होटलमा बसेर अबैधधन्दाको योजना : इन्टरनेशनल प्रोपर्टी शोको नाममा विदेश पैसा लैजादै

- January 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । केही दिन अघि नेपाल राष्ट्र बैंकले नेपालबाट विदेशमा पैसा लैजाने माथी कडा कारबाही गर्ने गराउने भन्दै एक पत्र सार्वजनिक गरेको थियो । राष्ट्र बैंक बालुवाटार बसेर विदेश पैसा लैजान नपाउने उर्दी जारी गरि बसेको छ भने यता तस्कर व्यवसायी तथा दलालहरुले भने पाँचतारे होटलमा बसेर नेपालबाट विदेशमा डलरदेखि नेपाली रुपैयाँ समेत विदेश लैजाने योजना बनाउने गरेको खुलेको छ ।

तीव्रखबरलाई ढिला गरि प्राप्त विवरण अनुसार केही दिनअघिमात्र सोल्टी होटलमा विभिन्न सम्मेलनको नाममा नेपालबाट अबैधरुपमा विदेश पैसा लैजाने योजना तयार भएको छ । सो योजना अनुसार राष्ट्र बैंकले नेपाल बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता नेपालका डलर अर्बपतिदेखि नेपाली अर्बपतिहरूलाई दिएको सूचनालाई अपमान गरिदै सो योजना बनाएको छ ।

उक्त सूचनाको बर्खिलाप हुनेगरी सोल्टी होटलमा ‘युनाइटेड अरब इमिरेट्स’ को दुबईमा डलर लैजाने र त्यहाँको घर जग्गा किन्ने सम्बन्धमा दुई दर्जन व्यवसायीले कडा सुरक्षाबीच कार्यक्रम गरेका थिए । सो कार्यक्रममा बिचौलिया दिपक भट्टको शंकास्पद कारोबारबारे अघिल्लो साता खबर बाहिरिएलगत्तै प्रकाशित बैंकको उक्त सूचनाले विदेश गएर छोराछोरीको विवाहमा करोडौं खर्चने, हुण्डी कारोबारबाट डलर विदेशमै राख्ने र बाहिर कमाएको रकम नेपाल नल्याउनेलाई झस्काएको बताइएको थियो ।

तर, तिनैमध्येका केहीले खुल्लमखुल्ला सोल्टीमा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १० (क) अन्तर्गत विदेशमा लगानी गर्न प्रतिबन्धित व्यवस्थालाई लत्याउदै पैसा बाहिर लैजाने निर्णय गरेको बताइएको छ । पछिल्लो समयमा मारवाडी समुदायका व्यवसायीहरू र अबैधधन्दा गर्ने व्यापारीहरुसंगै दीपक भट्टसमेत विदेशतिर घरजग्गामा लगानी गर्ने योजना बनाएर रकम लैजाने भएका छन् ।

सो कार्यक्रममा करिव २४÷२५ जना मारवाडी समुदायका व्यवसायी र आधा दर्जन अन्य व्यवसायीहरुको सहभागीता भएको बताइएको छ । सो भेलाले आगामी ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर संयुक्त अरब इमिरेट्सको दुबईमा घरजग्गा तथा सम्पत्ति प्रदर्शनी गर्ने र सोही बहनामा रकम विदेश लैजाने योजना बनाएका छन् ।

युएईले विदेशी लगानी भित्राउन दुबईमा इन्टरनेशनल प्रोपर्टी शोको नाममा फेब्रूअरी १२ देखि १४ तारिखसम्म इन्टरनेशनल रियल इस्टेट एक्जिबिसन गर्ने कार्यक्रम तय गरेको छ । सोही मेलामा सहभागी हुने बहनामा रकम नेपालबाट पनि विदेश लैजाने तयारी गरेको हो । दक्षिण एशियाका धनी व्यवसायीलाई आकर्षण गर्न अहिले विभिन्न मुलुकका महँगा होटलमा कार्यक्रम भइरहेको छ ।

सोही क्रममा काठमाडौंको होटल सोल्टीमा दुबईमा गरिने लगानी र किन्न सकिने सम्पत्तिबारे जानकारी गराउनकै लागि गोप्य रुपमा सो कार्यक्रमको आयोजना गरेको बताइएको छ । काठमाडौं नेपाल दुबई प्रोपर्टी शोको नाममा गरिएको विज्ञापनमा ‘आज लगानी गरेर भविष्य सुरक्षित’ तुल्याउन आग्रह गरिदै भारतीय नम्बर राखेर खुला रुपमा विद्यमान ऐन विपरित कार्य हुदै आएको छ ।

सो विज्ञापनमा सम्पर्कको नम्बर भने भाारतीय टेलिफोन नम्बर ९१ ९७१११ ०१८३३ र सोही नम्बरको ह्वाट्सएप दिइएको छ । दुबईमा लगानी गर्नेलाई त्यहाँको गोल्डेन भीसा प्राप्त गर्ने सुनौलो अवसर आयो भन्दै भ्रम समेत छरिएको छ । सो अबैध धन्दाका बारेमा सरकारको भने कुनै ध्यान गएको छैन ।
राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु गर्न नपाउने जानकारी गराएको छ । उक्त ऐनमा विदेशमा घरजग्गा खरिद,धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायत पुँजीगत प्रकृतिका कारोबार र सोसम्बन्धी प्रचारप्रसार समेत गर्न नपाइने व्यवस्था भएपनि खुला रुपमा गरिदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट