सरकारको विभेदपुर्ण नीतिका कारण ग्रील तथा स्टिल उद्योग धरासायी : अध्यक्ष कटुवाल

- January 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले राजनैतिक अस्थिरताको कारण दक्ष जनशक्ति बिदेशिने क्रम बढन गई स्वदेशमा दक्ष जनशस्तिको अभाव रहेको बताएका छन् । उनले मंगलबार ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं शाखाको ९ औं साधारण सभा तथा तेस्रो अधिबेशनको अबसरमा सो कुरा बताएका हुन ।

उनले सुरुमा तालिम दिएर दक्ष बनाएपछि विदेश जाने प्रकृया बढी भएकाले जनशक्तीको अभाब भएको बताए । अध्यक्ष कटुवालले एकातर्फ जनशक्तिको अभाबमा दिनरात काम गर्नु पर्ने अबस्था रहेको छ भने अर्कोतर्फ सरकारले विभेदपुर्ण नीतिका कारण पनि ग्रील तथा स्टिल उद्योगले धेरै समस्या भोग्नु परेको बताए ।

एकातर्फ सामान जडानदेखि ढुवानीका क्रममा प्रहरी प्रशासनदेखि अन्य पक्षबाट हुने समस्याले व्यवसायनै बन्द हुने अबस्थामा पुगेको उनको भनाई रहेको छ । सडकमा ट्राफिक प्रहरीबाट सामान ढुवानीमा गरिएको बन्दलाई सहज बनाउन समेत उनले माग गरे । अध्यक्ष कटुवालले उद्योगीहरु मारमा परेको अवस्थामा ग्रील उद्योग व्यवसायीहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल आफैले र बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी यो ब्यवसायमा आवश्यक पर्ने जनशक्ति उत्पादन देखि प्रसाशनिक समस्या समेत हल गर्न पहल गरि रहेको बताए ।

नेपालमा ग्रील तथा स्टील व्यवसायको राम्रो सम्भावना रहेको भएपनि विभिन्न समस्याका कारण अगाडी बढाउन कठिन भएको समेत उनको भनाई रहेको छ । बिकास निमार्णदेखि पुर्वाधार निमार्णमा बिषेश भूमिका रहेको यो व्यवसाय काठको बिकल्पको रुपमा बढी प्रयोगमा आएको छ ।

सो कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी संघ ललितपुरका महासचिब शिव सुनारले देशमा घरेलु तथा साना उद्योग उद्योगकालागि लगानीमैत्री वातावरण नभएको बताए । उनले ३ तहको सरकारका कारण साना उद्योगीहरु झन मारमा परेको बताए । महासचिब सुनारले एकातर्फ सरकारको विभेदपूर्ण नीति र अर्कोतर्फ समान जडानदेखि ढुवानी गर्नसम्ममा प्रहरी प्रशासनबाट भएको अबरोधका कारण व्यवसायीहरु पलायन हुनु पर्ने अबस्था भएको बताए ।

उनले सो समस्या जतिसक्दो चाँडो समधान गर्न समेत सम्बन्धित निकायसंग माग गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोक्काले सडक र सवारी साधानका विषयमा व्यवसायलाई नियन्त्रण गर्नुभन्दा पनि दुर्घटना हुनबाट जोगाउने कार्यमा लागी रहेको बताए ।

अफिस समयमाभन्दा अरु समयमा शंकेत चिन्ह राखेर व्यवसाय गर्न गराउन र ढुवानी गर्नमा रोकावट नभएको उनले बताए । सो कार्यक्रममा सहभागीहरुले ग्रील तथा स्टिल व्यवसायीमाथी सरकारले सौताको व्यवहार गरेका, सहज रुपमा सरकारी सहुलियत नदिएको, बैंक वित्तीय क्षेत्रबाट सहज र सरल रुपमा ऋण नदिएको बारेमा असन्तुष्टी व्यक्त गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!