मिटरव्याजीद्वारा टोलेगुण्डा परिचालन : पसल हड्प्नेदेखि ज्यान मारि दिन धम्की

- January 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौं उपत्ययकालगायत देशभर अबैधरुपमा पैसा मिटरव्याजमा लगाई अत्याधिक असुली गर्दै आएको समुहमाथी सरकारले कारबाही नगर्दा समाजमा अपराधले प्राथमिकता पाएको छ । गृहमन्त्रालयबाट मिटरव्याजमा लगानी गर्नेमाथी कारबाही गर्न उजुरी माग गरेसंगै सो सूचीमा प्रहरीका वहालवालादेखि पुर्व प्रहरीको समेत नाम रहेपछि निस्कृय बनेको मौका अहिले अन्य मिटरव्याजीहरुले उठाएका छन् ।

काठमाडौं उपत्ययकाभित्र मिटरव्याजीले विभिन्न माध्यामबाट ऋणीमाथी धम्की दिदै रकम असुली गर्न ‘टोलेगुण्डा’ समेत परिचालन गरेको दुःखेसो पीडितहरुले गरेका छन् । नाम गोप्य राख्ने सर्तमा सो टोलेगुण्डाहरु काठमाडौंको न्यूरोड, पुतलीसडक, दरबारमार्ग, ठमेलमा परिचालन गरेको बताइएको छ ।

उनीहरुले ऋणीलाई नियन्त्रणमा लिएर उसको पसल, या घर नै जबरजस्ती कागज गराउन लगाउनेदखि पैसा फिर्ता नगरे ज्यान नै तलमाथी समेत पारिदिने धम्की समेत दिएको बताएका छन् । मिटरव्याजीहरुले विभिन्न व्यक्तीलाई कम पैसा दिने र बढी रकम लेख्न लगाएर बैंक चेक लिने गरेको समेत बताइएको छ ।

कतिले त खाली चेक लिएर आफु खुसी रकम भरेर बैकबाट बाउन्स गराउदै अदालतीबाट मानिसलाई दुःख दिदै सवै सम्पत्ती हड्प्पने कार्य समेत गर्दैै आएको बताइएको छ । न्यूनतम ५ लाख रुपैयाँ रकम दिएमा त्यसमा मिटरव्याजका दरमा व्याज जोडेर ५ लाख रुपैयाँको १० लाख रुपैयाँको चेक जबरजस्ती लिनो गरेको समेत आरोप लागेको छ ।

सुरुमा आपत्त परेकाहरुको पहिचान गर्ने र उनीहरुलाई सहयोग गर्ने गराउने भन्दै रकम उपलव्ध गराउने समुहले पछि रकम असुली गर्नकालागि मिटरव्याजमा जोडेर रकम असुली गर्न समेत गुण्डा परिचालन हुने गरेको छ । मिटरव्याजीले विचबीचमा पैसा तिरे पनि त्यसको कुनै प्रमाण नदिने, लिएको रकमको साँवाव्याज चुक्ता भइसक्दा पनि चेक वा कागज फिर्ता नदिने समेत गरेर लुटधन्दा समेत चलाउदै आएका छन् ।

पीडितहरूका अनुसार अहिले न्यूरोड क्षेत्रमा १ लाख रुपैयाँको ७ हजार रुपैयाँ थपेर चेक लिने गरेको बताएका छन् । एकातर्फ बैंकले समेत अत्याधिकमात्रामा व्याज बृद्धि गरि ऋण चुक्ता गर्न दिएको दवावको फाईदा उठाउदै मिटरव्याजीहरुले अत्याधिक मंहगोमा रकम दिने अबैधधन्दा चलाएको बताइएको छ ।

मिटरव्याजमा पैसा लिएर बैंकको ऋण चुक्ता गरेपनि रमक सापट लिएको भोलीपल्टदेखिनै टोले गुण्डा परिचालन गरेर मिटरव्याजीले पसल हड्प्ने, पसलको साँचो खोसेर बन्द गराउनेदेखि परिवारलाई समेत धम्की दिदै आएको पीडितहरुको भनाई रहेको छ । यसरी टोलेगुण्डा परिचालन गरि पसलदेखि घरसमेत हड्प्नेहरुको थप खोजी कार्य तीव्रखबरको ‘क्राईम व्यूरो’को टिमले जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!