मुल्य घटेर आउँदा समेत निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

- December 3, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । निरन्तर घाटामा रहेको भन्दै अत्याधिक रुपमा बृद्धि गरिएको पेट्रोलियम पदार्थको मुल्य नेपाल आयल निगमले मुल्य घटेर आएपनि घटाएको छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल निगमले मूल्य नघटाउदै उपभोक्तामाथी ठगी समेत गरेको ठहर उपभोक्ताबादीहरुको ठहर रहेको छ ।

निगम हाल २७ अर्ब रुपैयाँ घाटामा रहेकाले भन्दै अझै मूल्य समायोजन नगर्ने अडानमा बसी ठगी कार्यलाई निरन्तरता दिदै आएको छ । निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएकाले मुल्य घटेपनि हाल भएको मुल्यमा फेरवदल नगर्ने बताएसंगै उपभोक्ता ठगी गर्दै आएको छ छ ।

इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मंसिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी २७ अर्ब रुपैयाँ बाँकी भएकाले मुल्य नघटाउने बताएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!