फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

- September 15, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा महानगर घेराउ गरेका हुन् । फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् ।

साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् । जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन् । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ।

सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध आन्दोलित भएका हुन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट