दुर्गा बिसुराल माइत जाने भएपछि…..(भिडियो)

- August 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा रहेको नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राईट ट्यून अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक भएको सो तीजको गीतमा प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको बार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई गीतकार डिपी खनालले शब्द रचना छन् ।

संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् । मोडेलरकलाकार सरोज राना प्रजा र आभा थापाको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुरालले अभिनय गरेका छन् । फराज अर्पनको छायांकन, संतोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!