सरकारी जग्गामा चौधरी ग्रुपको अस्पताल : ऐन विपरित भाडा सम्झौता

- July 24, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । देशमा सत्ता र शक्ती र पैसा भएपछि विद्यमान ऐन विपरित काम गरेपनि कारबाही नहुने गरेको पाईएको छ । सरकारी कर्मचारीकै मिलिमतोमा हुदै आएको अबैधधन्दालाई समेत वेवास्ता गर्दै आएको सरकारी निकायबाट बर्षैदेखि सरकारी जग्गा अतिक्रमण गरि नीजि व्यवसाय चलाउदै आएको चौधरी गु्रपमाथी भने अहिले सम्म कुनै पनि अनुसन्धान तथा अनुगमन नभएपछि सत्ता र पैसाको सामु कानुन निरिह बनेको पाईएको छ ।

तीव्रखबरलाई ढिला गरि प्राप्त विवरण अनुसार चौधरी गु्रपअन्तरगत रहेको नर्भिक अस्पतालले अनधिकृत रुपमा सरकारी जग्गा हड्पेर स्वास्थ्यको नाममा व्यवसाय गर्दै आएपनि सरकारी निकायले भने सो जग्गा खाली गराउन चाहेको देखिएको छैन । काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित रहेको नर्भिकले डेढ रोपनी सरकारी जग्गा अबैधरुपमा हड्पेर अस्पतलामा उपचार गर्न आएको सेवाग्राहीमाथी लुटधन्दा नै चलाउदै आएको छ ।

उक्त जग्गा सरकारकै स्वामित्वमा ल्याउन सम्बन्धित मन्त्रालयका मन्त्रीबीच मन्त्रीबीच छलफल भएपनि सरकारले सो जग्गा फिर्ता लिन भने सकेको छैन । सो बसन्त चौधरीलगायतको स्वामित्वमा रहेको नर्भिक अस्पतालले २० वर्षदेखि भोगचलन गर्दै आएको छ । पर्यटनमन्त्री दिपेन्द्रसँगको भेटका क्रममा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले सरकारी÷सार्वजनिक जग्गा संरक्षण गर्ने आफ्नो मुख्य एजेण्डा रहेको भन्दै आएपनि नर्भिकले हडपेको सरकारी जग्गा फिर्ता ल्याउने सम्बन्धमा खासै निर्णय गरेको छैन ।

पर्यटनमन्त्री श्रेष्ठले नर्भिकले हडपेको सरकारी जग्गा जतिसक्दो जाँडो फिर्ता ल्याउन र खाली गराउन भूमि व्यवस्थामन्त्रीको ध्यानाकर्षण गराएपनि सो बारे मन्त्रालयले कुनै निर्णय समेत गर्न नसक्दा सरकारी जग्गामा व्यवसायीहरुको कव्जा बढ्दै गएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ कित्ता नम्बर २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा नर्भिक अस्पतालले अनधिकृत रुपमा न्यून भाडामा भोगचलन गर्दै आएको छ ।

सरकारी जग्गा भोगाधिकार वा लिज (भाडा) मा लिन मन्त्रिपरिषद्को निर्णयबाट मात्र सकिन्छ । तर, नर्भिक अस्पतालले उक्त तत्कालिन जग्गा भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँगको मिलेमतोमा अनधिकृत रुपमा भाडामा लिने सम्झौता गरेको भेटिएको छ । जुन अधिकार भूमीसुधार अधिकारीमाथी छैन ।

तत्कालीन भूमिसुधार अधिकारी शिवाकोटीले अख्तियारको दुरुपयोग गर्दै मन्त्रिपरिषद्को अधिकार खोसेर कमशिन लिएर अबैध मिलोमतोमा डेढ रोपनी सरकारी जग्गा नर्भिक अस्पताललाई भाडामा दिने सम्झौता गरेको भेटिएको छ । ठूलो आर्थिक चलखेल गरि सो अबैध काम शिवाकोटीले गरेको सो कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

तत्कालीन अवस्थामा भूमिसुधार अधिकारी शिवाकोटीले अनधिकृत रुपमा गरेको सम्झौतको छानबिन हुने भूमिमन्त्री श्रेष्ठले बताएपनि सो सम्बन्धमा पनि खासै चासो भने देखाएको छैन । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित भूमाफिया इन्द्र चाम्लिङले हडपेको सार्वजनिक जग्गामा पनि सरकारको ध्यान गएको छैन ।

भूमाफिया चाम्लिङले सरकारी/सार्वजनिक जग्गा हडपेर भाडा खाइरहेको भन्दै उक्त जग्गा सरकारी स्वामित्वमा ल्याउनु पर्ने भनी पटकपटक स्थानीयहरुले सरकारको ध्यानाकर्षण गराउदाँ समेत सो बारे सरकारको ध्यान नगएको स्थानीयहरुको आरोप रहेको छ । नर्भिक अस्पताल, चाम्लिङलगायतले हडपेको सार्वजनिक/ सरकारी जग्गा संरक्षण गर्न तीन तहकै सरकार सक्रिय हुनुपर्नेमा सो समेत हुन सकेको छैन ।

काठमाडौं महानगरपालिका वडा ११ बबरमहलस्थित किङस कलेजसँगै भूमाफिया दिपक मल्होत्राले हडपेको सार्वजनिक जग्गा पनि अहिलेसम्म सरकारको नियन्त्रण बाहिर रहेको छ । भूमिया तथा विवादीत व्यापारी मल्होत्राले २० वर्षदेखि ३ रोपनी सरकारी जग्गा हडपेर ओलम्पिया स्कुलसँग लाखौं भाडा असुली गर्दै आएका छन् भने सरकारलाई बुझाउने भनेको भाडा समेत नबुझाई बसेको आरोप लगाइएको छ । मल्होत्राले हडपेको जग्गासँगै पूर्वउपसचिव सुरज डोटेलले पनि १ रोपनी ८ आना सरकारी जग्गा हड्पेको भेटिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरको २ रोपनी ३ आना सरकारी जग्गापनि भूमाफिया जेएन तण्डुकारलगायतको समुहले हडपेको छ । बुद्धनगरकै जोगी कुटीको एक रोपनी जग्गा पनि व्यक्तीले हड्पेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस) ले डेढ रोपनी जग्गा हडपेको छ ।

काठमाडौं महानगरपालिकाबाट मुद्दा लडेर ओपीएसले हडपेको जग्गामा डोजर लगाउने आदेश समेत ल्याइसकिएको भएपनि सो कार्य अझै हुन सकेको छैन । बानेश्वर थापागाउँको प्रेमरमण/दिपकरमण उप्रेतीले हडपेको पर्ती जग्गा सरकारको नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पाठशाला स्कुलले पार्किङका रुपमा प्रयोग गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट