अर्थमन्त्रालय विवादमा फसेसंगै बिदामा बसे अर्थसचिव मरासिनी

- July 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेटमा गैरव्यक्तीलाई अर्थमन्त्रालयमा बोलाएर करका दररेटमा परिमार्जन गरि सार्वजनिक गरेपछि अहिले अर्थमन्त्रालयनै विवादको भुमरीमा फसेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीबीचको अबैध साँठगाँठलाई स्वकारेर बजेट निर्माणमै गैरव्यक्तिलाई सहभागी गराएका अर्थसचिव मधुकुमार मरासिनी समेत विवादममा तानिएपछि उनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएर बिदामा बसेका छन् ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!