सिने क्षेत्रमा खोजी नभएपछि राजेश हमाल दलका नेताको दैलोदैलोमा….

- July 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘महानायक’ को उपाधि पाएका राजेश हमाललाई पछिल्ला दिनमा सो क्षेत्रबाट खोजी हुन छाडेपछि उनी विभिन्न दलका नेताहरुको घरदैलोमा जानेक्रमलाई तीव्रता दिएका छन् ।

यसरी कलाकारिता क्षेत्रमा एक समय एकछत्र राज गरेका हमाललाई पछिल्लो समयमा खोजी नै हुन छाडेसंगै सामान्य गीतको म्युजिक भिडियोमा समेत अभिनय गर्न र गुणस्तहिन बस्तुको उत्पादमा समेत अभिनय गर्न थालेका थिए । यसरी सो क्षेत्रबाट खोजी नभएसंगै हमालले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् ।

उनी शुक्रबार बिहाने ८ बजेर ३० मिनेटमा अध्यक्ष दाहाललाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए । हमाल र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको भनिएको छ ।

सो भेटघाटमा माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा–परिचर्चा भएको बताएका छन् तर उनीहरुबीच खास के कुरामा बढी केन्द्रीत भयो भन्ने बारे अहिले सार्वजनिक भएको छैन । हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गरेका थिए । यदि परिस्थितिले मागेको खण्डमा आफू राजनीतिमा आउन नहुने कुनै कारण नरहेको उनको भनाइ थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!