व्यापार घाटा कम गर्दै लैजान नीजि क्षेत्रलाई प्रधानमन्त्री देउवाको आग्रह

- June 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवद्र्धन मार्फत व्यापार घाटालाई कम गर्दै लैजाने कार्य सुरु गरेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘नेपाल चेम्वर एक्स्पो–२०२२’ को शुभारम्भका क्रममा सो कुरा बताएका छन् ।

उनले नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्दै जाने बारेमा समेत सरकारले विशेष ध्यान दिएको बताएका छन् । प्रधानमन्त्री देउवाले भने,‘निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भव हुँदैन, निकासी प्रवद्र्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।’

व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचारप्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उनको बताए । प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निकासी प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकास समेतमा मद्दत पुग्ने बताए । उनले यसतर्फ आगामी दिनमा आयोजकले ध्यान दिनुपर्नेमा जोड दिए ।

यही असार ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल र बंगलादेशमा उत्पादित स्थानीय वस्तुलाई प्रदर्शनीमा राखिएको छ । प्रधानमन्त्री देउवाले निकासी प्रवद्र्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको बताए ।

चेम्बरले मुलुकको आर्थिक विकास, समृद्धिका लागि सरकारलाई विभिन्न रचनात्मक सुझाव र सल्लाहसमेत प्रदान गर्दै निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्न सहयोग पु¥याउँदै आएको जनाउँदै उनले औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिला सम्बन्धमा नीति तर्जुमादेखि कार्यान्वयनसम्म चेम्बरले सरकारलाई आवश्यक सुझाव र परामर्श  दिँदै आएको स्मरण गरे । चेम्बरले सरकार, निजी क्षेत्रबीच सहकार्य र समन्वय अभिवृद्धि गर्न बलियो सेतुको काम गर्दै आइरहेको उनको भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!