बोतलको पानीले नामक भिडियो सार्बजनिक गर्दै आर्याले गर्यो कलाकार सम्मान

- June 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

  • भलाकाजी दियाली,काठमाडौ ।आर्या मिडिया हाउसको प्रस्तुति तथा चर्चित गायक डिजराज पौडेलको शब्द संगीत अनि स्वर रहेको आधुनिक गीत ‘ बोतलको पानीले’बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।राजधानीमा एक कार्यक्रम गर्दै उक्त गितको म्युजिक भिडियो  सार्बजनिक गरिएको हो।भिडियो सार्बजनिक  कार्यक्रममा दुइ दर्जन बढी कलाकारहरु एबम सयौंको उपस्थिति रहेको थियो।

बेली डान्सर बिनु शाक्यको साथमा राजकुमार थापा, आयन राई, राजन चौलागाई ‘खैराते’, घनश्याम एन्टिना, अतीत यक्तेन लिम्बू, राज सिजापती, अम्बिकालयायतका कलाकारहरुको प्रस्तुती रहेको यो भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका हुन्  ।  भिडियोलाइ बालकुमार मगरले छायांकन र सम्पादन गरेका हुन भने कोरियोग्राफी अर्जुन सिलवालले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनहरा नगरपालिकाकि उपमेयर शान्ता थापा,विभिन्न कलाकार ,गायक,राजनितिक ब्यक्तित्वहरुको  उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा कागेस्वरी मनहरा नगरपालिका भित्र रहेका विभिन्न कलाकारहरुलाई सम्मान समेत गरिएको थियो।काठमाडौ काडाघारी,बिरेन्द्रचोकस्थित रंगशाला स्पोर्ट्स लाउन्जमा भयको उक्त कार्यक्रम उदाहरणीय भयको सहभागीहरुले बताय।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!