गाडी भाडा घट्यो (सूची सहित)

- June 3, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको विद्यमान भाडादर घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले सार्वजनिक यातायातको भाडा घटाएको जनाएको छ । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ । मालबाहक सावरीको भाडा दरमा पनि घटाएको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन् ।

भाडादरको पूर्ण पाठ हेर्न यहाँ   अन्तर प्रदेश भाडादर क्लिक गर्नुहोस्

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट