February 20, 2025, 11:09 pm
» रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने » यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णय » संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक » भ्रष्ट नेताहरुले देश लथालिंग बनाए : ज्ञानेन्द्र शाही » केबलकारको लफडाले फेरि झडप, एक दर्जन घाइते

२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा सात जना पक्राउ

फाल्गुन ३, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाठौं – रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन्।
यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोतम्मा नगरपालिका-१४ का २३ वर्षीय दिलीप केवट र स्याङ्जा गल्याङ नगरपालिका-१ ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन्।
शुक्रबार सिद्धार्थनगर नगरपालिका-४ र तिलोत्तमा नगरपालिका-१५ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट प्रहरी टोली खटिएको थियो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २०.७९ ग्राम चरेस, २१ किलो गाँजा र लागुऔषध पोल्याण्डको धुलो ८४ ग्राम बरामद भएको सेनले बताए। उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया