सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ

- August 8, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारले सर्वजनिक जग्गालाई सरकारी मातहत ल्याउने भन्दै प्रकृया अगाडी बढाएपनि सो सम्बन्धमा ठोस तबरबाट काम नहुदाँ सरकारी जग्गा हड्प्ने कार्यले झन तीव्रता पाएको छ । यसैक्रममा आफुलाई विश्वको धनीको रुपमा हुँकार गर्दै केही मिडिया हाउसलाई आफ्नो वसमा पारी आफुअनुकुल समाचार लेखाउदै आएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीकै योजनामा फेरी सरकारी जग्गा हड्पेर हाउजिङ बनाई अत्याधिक महंगोमा बिक्री गरेर व्यापार गर्ने भएको छ ।

तीव्रखबरको कार्यलयमै आई गोप्य रुपमा चौधरी ग्रुपकै एक कर्मचारीले दिएको कागजातका अनुसार हाल बनाउने भनेको हाउजिङको ठूलो भागमा सरकारी जग्गा हड्पेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । नेपाली काँग्रेसको समानुपातिकको तर्फबाट मधेशी कोटाको नाममा संघिय सभाको सदस्य समेत रहेका विनोद चौधरीको समूहले ललितपुर धापाखेलमा बनाउदै गरेको हाउजिङको अधिकाशं जग्गा सरकारी रहेको खुलेको छ ।

‘सीजी–लेक भ्यू’ को नाम दिएर बनाउन लागेको सो हाउजिङका लागिस सरकारी कर्मचारीकै संलग्नतामा हड्प्न दिएको आरोप समेत लागेको छ ।  आगामी डिसेम्बरसम्ममा सो सरकारी जग्गामा बनाएको हाउजिङमा बुकिङ समेत खुला गर्ने गरि काम गर्दै आएको छ । चौधरी समूहले दुई चरणमा हाउजिङ निर्माण गर्ने योजना बनाएको छ । पहिलो चरणका उसैले किनेको जग्गामा हाउजिङ बनाउने भएको छ भने दोस्रो चरणमा सरकारी जग्गामा हाउजिङ बनाउदै छ ।

सवै जग्गालाई चौधरी ग्रुपले घेराबार समेत लगाएर राखेको छ । पहिलो चरणमा सो ग्रुपले ४८ रोपनी ११ आनामा ८७ वटा घर बनाउने भएको छ । भने दोस्रो चरणमा सरकारी जग्गा सहित कुल ७७ रोपनीमा हाउजिङ बनाएर बेच्ने योजना गरेको छ । आफु लामो समयदेखि विभिन्न मुद्दा र विवादमा परेपछि बिनोद चौधरीले यस पटक भने आफ्नो कान्छो भाई अरुण चौधरीको अगुवाईमा सो हाउजिङ बनाउने भएको छ । सो समुहले ‘सीजी प्रोपर्टिज’ को नाम दिएर त्यसको अध्यक्षमा अरुण चौधरीलाई जिम्मा दिएको छ ।

बिनोद चौधरीले जो कसैको नाम देखाएपनि सो समुह उनैकै इसारामा सञ्चालन हुदै आएको छ । चौधरी ग्रुपको कुनै पनि सामान्य निर्णय समेत बिनोदको अुपस्थिती अर्थात अनुमति विना नहुने समेत सो ग्रुपका एक कर्मचारीले गोप्य रुपमा सूचना दिएका छन् ।  चौधरी ग्रुपले गत वर्षको फागुनबाटै सीजी–लेक भ्यूको नाममा निर्माण सुरु गरेको हो । सरकारी जग्गा अधिकरण गरेर बनाएको घरहरुको न्यूनतम मूल्य ३ करोड ८० लाख रुपैयाँदेखि ७ करोड रुपैयाँसम्ममा बेच्ने योजना समेत बनाएको छ । सो परियोजनासँगै खाली सरकारी जग्गालाई हड्पेर केही भाग खुला राखी वातावरणीयका रुपमा पार्क बनाउने भन्दै आएको छ ।

यसैबीच, धापाखेलको सो जग्गालाई सीजी प्रोपर्टिजको नाममा ९ वटा प्रिमियम युनिट, भैंसेपाटी हाइट्समा २० वटा युनिट, सीजी भिल्ला फेज २ सुनाकोटीको नाममा २२२ युनिट रहेको छ । भने ति मध्ये धापाखेल र भैंसेपाटीमा बनेको घरहरुले चर्चेको जग्गा अधिकाशं जग्गा हड्पेको स्थानीय बासिन्दाको ठहर रहेको छ । भैसेपाटीमा सरकारी जग्गा हड्पेको भन्दै गत २ वर्ष अघि स्थानीय बासिन्दाको पहलमा आई चौधरीले लगाएको पर्खाल भत्काएर जग्गा खालि गरेको भएपनि पैसा र शक्तिको आँडमा सो जग्गा पुन हड्पी घर बनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट