January 31, 2025, 8:08 am
» प्रतिनिधिसभामा रास्वपाको अवरोध,बैठक सञ्चालनमा सहयोग गर्न सभामुखको आदेश » संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ : सभामुख » अवैध लागूऔषध सहित चार जना पक्राउ » सवारी दुर्घटनामा तीन जनाको मृत्यु » आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने

माघ १८, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं,  । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राती भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया