January 31, 2025, 10:09 am
» जन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट’ को उपाधि » कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली » संबिधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा » पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैनः प्रधानमन्त्री » सरकारले राम्रो काम गरिरहेको छः देउवा

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

माघ १८, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  : कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म.३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङ, दोर्दी गाउँपालिका-६ ताजेगाउँस्थित सडकमा बा.२ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवास्थित सडकमा भे.१२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया