February 24, 2025, 5:17 am
» कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा » एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा, के-के छन् एजेन्डा ? » सुनचाँदीको मूल्य बढ्यो » शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा

शहीदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

माघ १६, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धसुमन व्यक्त गरेकी छन् ।

शहीद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमालगायत सम्पूर्ण ज्ञातअज्ञात शहीदहरूको योगदान अमर रहेको बताएकी छिन् ।शहीद दिवसमा शहीदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र शहीदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाजलगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु’, उनले लेखेकी छिन् ।

प्रतिक्रिया