January 26, 2025, 6:19 am
» पाथीभरा केबलकारको बिरोधमा उत्रेका माथी दमन, राजेन्द्र महतोको आपत्ति » प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो » अन्ततः मेक्सिको खाडीको नाम परिवर्तन गर्दै ट्रम्पले बनाइ छाडे ‘गल्फ अफ अमेरिका’ » पृथ्वीको सतहमुनी भेटियो सगरमाथा भन्दा १०० गुना अग्लो पहाड » राष्ट्र बैंकमा बैंकहरुले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै

भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

माघ ११, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

नयाँ दिल्ली – पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना भित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भंडारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए ।

विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरु फसेका थिए ।अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।

विष्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।उद्धार टोलीहरू घटनास्थलमा तैनाथ छन् । प्रभावितहरूलाई सहयोग पु¥याउन सबै प्रयासहरू भइरहेका छन्,” सिंहले सामाजिक सञ्जालमा पोस्टमा उल्लेख गरेका छन्

प्रतिक्रिया