February 26, 2025, 4:09 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

सुन-चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य

माघ १३, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया