January 27, 2025, 4:03 am
» जाडोमा बिना पानी कसरी बलांकेट सफा गर्ने, यो तरिका अपनाउनुहोस् » सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै » रास्वपाको सचिवालय बैठक बस्दैँ » कांग्रेस संसदीय दलको बैठक आज पनि » आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिरो कायमै रहने

राष्ट्र बैंकमा बैंकहरुले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै

माघ १३, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं, । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यसअघि गत माघ ९ गते पनि २१ दिने निक्षेप संकलनको माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब खिच्न चाहेकोमा बैंकहरुले ७७ अर्ब ६५ करोड मात्र बुझाएका थिए ।  जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।
माघ १३ गतेसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट तानेको र भुक्तानी दिन बाँकी रकम २ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ छ । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको २ खर्ब ३४ अर्ब ९० करोड रुपैयाँ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा रहेको ४४ अर्ब ८५ करोड रुपैयाँ परिपक्क हुन बाँकी छ ।

प्रतिक्रिया