एम्बुलेन्समा नक्कली बिरामी, चालक पक्राउ

- April 7, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रामेछाप / मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको  लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!