January 20, 2025, 4:50 pm
» चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार » भौतिक मन्त्री बर्खास्त नगरे सरकारबाट बाहिरिने कर्णाली काँग्रेसको चेतावनी » वर्तमान सरकारप्रति जनताको भरोसा छः सञ्चारमन्त्री गुरुङ » रवि र छविसहितलाई थुनामै राख्न मागसहित उच्च अदालत पुग्यो सरकार » स्ववियु निर्वाचन चैत ५ गते हुने

ओलीले गिरीबन्धु टी स्टेटको जग्गासँग आकर्षित हुने अध्यादेश ल्याएको महासचिव गुरुङको आरोप

माघ ७, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गासँग आकर्षित हुनेगरी भूमिसम्बन्धी ऐन ल्याएको आरोप लगाएका छन् ।

आज संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरुङले गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा र प्लटिङ गरी बिक्री वितरण गर्न सकिने गरी भूमिसम्बन्धी अध्यादेश ल्याइएको बताएका हुन् ।

‘गिरीबन्धु टी स्टेटको बारेमा, सट्टापट्टा गर्ने, प्लटिङ गरेर विक्री गर्ने भन्ने प्रकारका बहसहरु सतहमा उठिरहेको बेलामा एकतर्फ गिरीबन्धु टी स्टेटको बहस उठिरहेको अवस्था, अर्कोतर्फ त्यसैलाई आकर्षित हुनेगरी भूमिसम्बन्धी अध्यादेश लिएर आइएको छ । त्यसले गर्दा झन शंका पैदा भएको छ,’-उनले भने ।

विगतको कानुनले हदबन्दीभन्दा बढी जमिन स्वतः सरकारको हुने व्यवस्था गरेपनि अहिलेको उक्त जमिन बेचबिखन, प्लटिङ गर्न पाउने र व्यवसाय गर्न पाउने ढंगले अध्यादेश ल्याइएको उनको दाबी छ । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक विधि प्रक्रियाको प्रतिकूल रहेको उनले बताए ।

महासचिव गुरुङका अनुसार भूमिसम्बन्धी अध्यादेश २०७८ सालमा सर्वोच्च अदादलको संवैधानिक इजलासले गरेको फैसला र संविधानको स्पिरिटको विरुद्धमा छ । हतारोमा अध्यादेश ल्याउनु पछाडिको सरकारको नियत माथि जनताले प्रश्न गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया