ग्रेटर नेपालको नाममा फणीन्द्रको ठगी धन्दा

- March 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालका भुभाग विदेशी मुलुकले अतिक्रमण गरेको र सो जग्गा फिर्ता ल्याउनु पर्छभन्दै लामो समयदेखि गैरसरकारी संस्थामार्फत आवाज उठाउने नै ठगी धन्दामा लागेको पाईएको छ । आफूलाई राष्ट्रबादी र समाजसेवीको उपमा दिएर ग्रेटर नेपाल नामक संस्था मार्फत अभियान नैचलाउदै आएका र आफुलाई अभियन्ता भन्न रुचाउने फणीन्द्र नेपाल नाम गरेका व्यक्तिबाट विभिन्न शिर्षक उपशिर्षकमा ठगी धन्दा चलाउदै आएको आरोप लागेको छ । नेपालबाट पीडित बनेका राजधानीको चाबहिल निवासी नरेश न्यौपाने ठगीएको आरोप लागेको छ  । उनी फणीन्द्र नेपालले चलाएको विद्यालयका घरबेटी हुन । न्यौपाने भने आफूलाई घर बहालमा बस्ने फणीन्द्र नेपालले ठगी ग¥यो भन्दै सरकारी निकायमा उजुरी समेत दर्ता गराएपनि उनीमाथी कुनै कारबाही नभएको दुखेसो गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल गणेस्थानबाट धोबिखोलातर्फ बायाँतर्फ साँढे २ तलाको चाइनिज इँट्टा लगाएको घरमा फणीन्द्र नेपालले विद्यालय सञ्चालन गर्दै आएका छन् । उक्त विद्यालयको भाडा लामो समयदेखि नदिएपछि न्यौपानेले महानगरपालिकामा समेत उजुरी दर्ता गराएको बताए । उनले वडादेखि महानगरपालिकाले घर खाली गर्नु भन्दा समेत अटेरीपूर्वक कब्जा गरेर बसिरहेको आरोप लगाएका छन् । डेढ रोपनी क्षेत्रफलमा फैलिएको उक्त घर न्यौपानेको पैतृक सम्पत्ति भएको बताएका छन् । यो घरमा ग्रेटर नेपालका अभियन्ता नेपालले इडेन पब्लिक नामको नीजि बोडिङ स्कुल सञ्चालन गरेका छन । न्यौपानेले आफ्नो घर २०५४ सालमा श्यामकृष्ण क्षेत्रीलाई विद्यालय सञ्चालनका लागि भाडामा दिएका थिए । नेपाल र क्षेत्रीको साझेदारीमा इडेन पब्लिक स्कुल सञ्चालनमा रहेको बताइएको छ । उनीहरुबीच साझेदारीमा विवाद भएपछि क्षेत्रीले विद्यालय छाडेका छन् । २०६७ साउन १ न्यौपानेको घर भाडा सम्झौता भएको उनले बताएका छन् । सम्झौताको साक्षीमा उनै फणीन्द्र नेपाल बसेका थिए । सम्झौताको म्याद सकिएपछि २०७२ सालमा घरधनी न्यौपानेले घर खाली गरिदिन इडेन पब्लिक स्कुललाई आग्रह गरे तर विद्यालय सञ्चालकहरुले भाडा बढाएर (१ लाख ५० हजार) मासिक भाडा दिन्छु भनेपछि उनले फेरि एक वर्षका लागि घर भाडामा दिएका थिए ।

चेक बाउन्सको अभियोगमा पक्राउ परेका नेपाल

फणीन्द्रले घर धनी भाडा लिन जाँदा श्रीमती अहिले नभएको भन्दै टार्ने आएको आरोप न्यौपानेको रहेको छ । उक्त करारनामामा घर धनीका तर्फबाट न्यौपाने र विद्यालयको तर्फबाट फणीन्द्र नेपालकी पत्नी तथा इडेन पब्लिक स्कुलका निर्देशक प्रिन्सिपल रोहिका नेपालले सहीछाप गरेका थिए । विद्यालय व्यवस्थापन समितिमा भने उनै फणीन्द्र नेपाल रहेका छन् । सम्झौता बमोजिमको भाडा नदिएपछि न्यौपानेले फोन गर्दा समेत नेपालले फोन नउठाउने गरेको बताए । भाडा पनि नतिर्ने घर पनि खाली नगरेपछि न्यौपानेले २०७५ असोज १८ गते मित्रपार्कमा रहेको वडा कार्यालयमा निवेदन दिए  । ‘करार बमोजिमको भाडा उठाई जग्गा, र कम्पाउन्ड तथा घर खाली गराई पाऊँ’ भन्ने उनको माग थियो । वडा कार्यालयले मंसिर १३ गते नेपालद्वारा सञ्चालित इडेन पब्लिक इस्कुललाई छलफलमा बोलायो । वडा कार्यालयले मिलापत्र गरायो । ४ बुँदे सहमतिमा २०७५ साल वैशाखदेखि चैतसम्मको भाडा एकमुष्ठ १२ लाख रुपैयाँ इडेन पब्लिक स्कुलले घरधनीलाई बुझाउने पहिलो बुँदामा उल्लेख थियो । करारबमोजिम नेपालद्वारा सञ्चालित इडेन पब्लिक स्कुलले पुरानो बुझाउनुपर्ने ९ लाख ५० हजार बाँकी नै थियो । सो रकमसहित गरेर जम्मा २१ लाख ५० हजार घरधनीलाई बुझाएर २०७५ चैत मसान्तमा घर खाली गरिदिने सम्झौता थियो । सम्झौतामा घर धनीका तर्फबाट न्यौपाने र इडेन पब्लिक स्कुलका तर्फबाट फणीन्द्रकी श्रीमती रोहिका नेपालले हस्ताक्षर गरेकी थिइन् । चेक बाउन्समा पक्राउ पर्दा ग्रेटर नेपालको प्रचार ! उनी जति पटक पक्राउ परेका छन् । घर भाडामा दिएको चेक बाउन्सलगायत मुद्दामा प्रहरीले पक्राउ गरेको हो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । तर, नेपालले आफूलाई ग्रेटर नेपालको अभियन्ता भएको कारण पक्राउ गरेको भन्दै विषयलाई तोडमोड गर्दै आएका छन  । २०७५ मंसिर २१ गते नेपालले आफ्नै नामको ६ लाखको चेक न्यौपानेलाई दिए ।

तर, घरबेटी न्यौपाने बैंकमा चेक भुक्तानीको लागी जाँदा खातामा पैसा नरहेको खुल्यो । चेक बाउन्स गरेपछि उनीविरुद्ध पीडित न्यौपानले महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिए । प्रहरीले पीडितको जाहेरीको आधारमा नेपाललाई वैशाख १० मा पक्राउ ग¥यो । पक्राउपछि १७ दिन अनुसन्धानका लागि हिरासतमा राखेपछि अदालतमा पेश ग¥यो । ‘कानुनबमोजिम चेक रहेको र बदर समेत नभएको अवस्थामा चेक बाउन्स भएको अवस्थामा प्रतिवादीले कानुन बमोजिमको दायित्व वहन गर्नुपर्ने नै देखियो’, जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुलप्रसाद शर्माले नेपालविरुद्धको बैंकिङ कसुर मुद्दाको ठहरखण्डमा भनेका छन । ‘यसरी प्रतिवादी फणीन्द्र नेपालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी जानी अर्थात् थाहा हुने पर्याप्त आधार र कारण हुँदाहुँदै जाहेरवालालाई ६ लाख चेक काटी दिई सोको भुक्तान हुन नसकेकोबाट निजले अभियोग दाबीबमोजिम बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर गरेको निर्विवाद रुपमा पुष्टि हुन आयो ।’

अदालतको फैसलाअनुसार नेपालले २ लाख रुपैयाँ धरौटी बुझाए भने बाँकी रकम हालसम्म बुझाएका छैनन् । अदालतले बाँकी रहेको ३ लाख ९५ हजार ८ सय रुपैयाँ असुलउपर गर्न समेत आदेश दिएको थियो । आदेशको ६ महिना बितिसक्दा पनि नेपालले आदेशअनुसारको रकम बुझाएका छैनन् । उनी आफू ग्रेटर नेपालको अभियन्ता भन्दै ढाँट्दै हिँडिरहेका छन ।वडाको निर्देशन समेत मान्दैनन् नेपाल ! गत साउन १५ गते वडा कार्यालयले काठमाडौं महानगरपालिका न्यायिक समितिलाई पत्राचार गर्दै ‘इडेन पब्लिक स्कुलले १५ वर्षदेखि न्यौपानेको घर भाडामा लिएको र घर भाडाको लेनदेन सम्बन्धमा विवाद उत्पन्न भई पटक पटक छलफल गराउँना सहमति गराएकोमा निज रोहिका नेपालले सहमतिको उल्लंघन गरी घर जग्गा नछाडेको र घर भाडाबापतको रकम समेत नदिएको’ उल्लेख छ । त्यस्तै घर खाली गराउनका लागि काठमाडौं महानगरपालिकाले २०७६ पुस २३ गते इडेन पब्लिक स्कुलका प्रिन्सिपल रोहिका नेपालको नाममा पत्राचार गरेको छ । पत्रमा ३५ दिनभित्र घर खाली गर्न र भुक्तानी हुन बाँकी रहेको भाडाबापतको १५ लाख ५० हजार भुक्तानी गर्न साथै नेपाल प्रहरीको सहयोगमा घर खाली गर्न निर्देशन दिएको छ । तर महानगरपालिकाको निर्देशन समेत पालना नभएको पाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट