January 20, 2025, 3:58 am
» जानकी आँखा अस्पतालमा अनियमितता भएको समितिको निष्कर्ष » संघीय संसद्‍को एक समितिको बैठक बस्ने » अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै » आजको मौसमः कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने » मन्त्री गुरुङको चेतावनी : घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन्

गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण गरियो

माघ ६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

सिरहा । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन्।
माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाले गंगाजल छर्केर शुद्धीकरण गरेका छन्।
मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनले मधेशी युवालाई हत्या गर्ने ठूला दलका नेताको पाउँपुजा गर्नेहरूले सहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धीकरण गरिएको दाबी गरे।
मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाले लगाए।

प्रतिक्रिया