January 18, 2025, 1:02 am
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

लागूऔषधसहित ६ जना पक्राउ

माघ ४, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

धनगढी । कैलाली कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कैलालीबाट चार र कञ्चनपुरबाट दुई गरी ६ जना लागूऔषधसहित पक्राउ परेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लाका ७७ वर्षीय डबल कठायत ७९ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरेससहित उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट ७ ग्राम ६ सय ५० मिलिग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-१८ का २१ वर्षीय मोहन बस्नेत पनि पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएकवो हो। यता कैलालीको धनगढी उपमहानगरपालिका-३ शिशा पोष्ट नजिकबाट १ ग्राम ३८० मिलिग्राम लागूऔषधसहित धनगढी-१३ का २० वर्षीय रमेश राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट २३० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-३ का २९ वर्षीय गोबिन्दसिहं महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। यस्तै धनगढी उपमहानगरपालिका-३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २२ वर्षीय प्रकाश घरेडी ३७ ट्याब्लेट नाईट्रापाम नामक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस्तै गोदावरी नगरपालिका-५ मेडिकल कलेज नजिकबाट लागूऔषधसहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गोदावरी-५ का ३३ वर्षीय ओकेन्द्र चौधरीलाई पक्राउ गरेको हो। चौधरीले नाकको दाहिने पट्टीको प्वाँलभित्र लुकाई राखेको १ ग्राम ३४० मिलीग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

प्रतिक्रिया